Latest
अर्को
Prev

साफ च्याम्पियनसिपमा नेपाल कठिन समूहमा

सेयर गर्नुहोस

४ औं संस्करणको पुरुष साफ च्याम्पियनसिप फुटबलको ‘ड्र’ सार्वजनिक भएको छ ।


दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले बुधबार सार्वजनिक गरेको ‘ड्र’मा नेपाल समूह ए मा परेको छ।


आयोजक भारतसमेत रहेको समूह ‘ए’ मा नेपाल परेको हो । नेपाल कठिन समूहमा परेको छ । भारत र नेपालसँगै यो समूहमा कुवेत र पाकिस्तान परेका छन् । माल्दिभ्समा भएको गत संस्करणको भारत विजेता टोली हो भने नेपाल उपविजेता टोली हो । फाइनलमा भारतले नेपाललाई ३-० ले पराजित गरेको थियो ।


समूह ‘बी’ मा बंगलादेश, माल्दिभ्स, भुटान र लेबनान परेका छन् । साफ च्याम्पियनसिप आगामी असार ६ देखि १८ गतेसम्म भारतको बेंगलोरमा हुनेछ ।


यस संस्करणको च्याम्पियनसिपमा ८ देशले सहभागिता जनाउने छन् । दक्षिण एसियाली मुलुक श्रीलंका फिफाको प्रतिबन्धमा रहेकाले यस संस्करणमा खेल्ने छैन । कुवेत र लेबनानले भने आमन्त्रित टोलीको रुपमा प्रतियोगितामा सहभागिता जनाउन लागेका हुन् ।


१४ औँ संस्करणको साफ च्याम्पियनसिपको आयोजना गर्ने जिम्मा पाएको बंगलादेश नसक्ने भएपछि भारतमा हुन लागेको हो ।



सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist