Latest
अर्को
Prev

नरहरि खनाल स्मृति पत्रकारिता पुरस्कार राससका बस्नेतलाई

सेयर गर्नुहोस

जेठ ४ तनहुँ ।


राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी सम्पादक एवम् प्रेस युनियन तनहुँका पूर्व अध्यक्ष तथा वरिष्ठ पत्रकार सूर्यचन्द्र बस्नेतलाई ‘नरहरी खनाल स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ ।


नेपाल प्रेस युनियन तनहुँ शाखाका अध्यक्ष अम्मरराज नहर्किले बस्नेतलाई बिहीबार सो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । पुरस्कारको राशि रु १० हजार रहेको छ । आगामी जेठ ६ गते नेपाल प्रेस युनियन तनहुँ शाखाको आठौं औं अधिवेशनका अवसरमा प्रदान गरिनेछ । साेही दिन बलराम बानियाँ स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार तथा नेपाल प्रेस युनियनको पूर्व केन्द्रीय अध्यक्ष कुलचन्द्र वाग्ले, गेगनाथ नहर्की स्मृति पत्रकारिता पुरस्कारबाट नेपाल प्रेस युनियन तनहुँका पूर्व अध्यक्ष डम्बरबहादुर अधिकारीलाई प्रदान गरिने तनहुँ शाखाका अध्यक्ष नहर्किले वताए।


अधिवेशनको गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जीतप्रकाश आलेले उद्घाटन गर्नुहुनेछ । पुरस्कारका लागि छनोट हुनुभएका बस्नेत राष्ट्र पुकार साप्ताहिकबाट पत्रकारिता आरम्भ गर्नुभएको हो । उहाँ साढे दुई दशकदेखि राससमा आवद्ध हुनुहुन्छ ।


वस्नेत साढे दुई दशकदेखि राससमा आवद्ध हुनुहुन्छ । नेपाल प्रेस इन्स्टिच्यूटबाट दश महिने पत्रकारिता तालिम लिनुभएका उहाँ हाल सेफर्ड कलेज बानेश्वर काठमाडौमा पत्रकारिता विषय पढाउनुहुन्छ भने पूर्वाञ्चल विश्वविद्यालय कला संकाय अन्र्तगत आमसञ्चार तथा पत्रकारिता विषयगत समितिको सदस्यका रुपमा कार्यरत हुनुहुन्छ । यस अघि उहाँले सुप्रिम कलेज सामाखुशीमा पत्रकारिता विषय पढाउनुभएको थियो ।


राष्ट्रपुकार साप्ताहिकको तनहुँ संवाददाताका रुपमा झण्डै तीन दशक अघि पत्रकारिता सुरु गर्नुभएका उहाँले नेपाल समाचारपत्र, हिमालय टाईम्स, आदर्श समाज दैनिक, घटना र विचार साप्ताहिक, नेपालवाणि साप्ताहिकको जिल्ला संवाददता र तनहुँ आवाजको उपसम्पादक एवम् नवव्यासवाणी साप्ताहिकको सम्पादक भएर काम गर्नुभयो । नेपाल पत्रकार महासंघ रासस शाखाको सभापति र प्रेस युनियन तनहुँका सभापति रहुनुभएका बस्नेत रासस पत्रकारिता पुरस्कार, पोखरा रोयल सहकारी क्षेत्रीय पत्रकारिता पुरस्कार, आरसी कृषि पत्रकारिता पुरस्कार, जीपी कोइराला सक्रिय पत्रकारिता पुरस्कारलगायतबाट उहाँ यसअघि पुरस्कृत हुनुभएको छ ।


कानुनमा स्नातक र आमसञ्चार तथा पत्रकारिता विषयमा स्नातकोत्तर बस्नेतले यसअघि राससको प्रमुख समाचारदाता र सञ्चालक समिति सदस्यको जिम्मेवारी सम्हालि सक्नुभएको छ ।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist