जेठ ०३ पाेखरा ।
तल्लो बिरौटा टोल बिकास संस्थाको चौथो वार्षिक साधारण सभा तथा बहुउद्देश्यीय सामुदायिक भवन शिलन्यास वुधवार एक कार्यक्रमकाे अायाेजना गरी सम्पन्न भएको छ ।
टोल बिकास संस्थाका अध्यक्ष फर्स बहादुर कुँवरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख आतिथी पोखरा म.न.पा. वडा नं. १७ का वडा अध्यक्ष राधिका कुमारी शाहीले छाेटाे समयमा तल्लो बिरौटा टोलबिकास संस्थाले वडास्तरमै नमूना बाटो र अन्य भौतिकपूर्वाधार निर्माणमा गरेको प्रगतिमा सम्पूर्ण टोलबासीको ऐक्यवद्धताको र संस्थाले आफ्नै लगानीमा जग्गा खरिद गरी सम्पूर्ण टोलवासीहरुको लागि वहुउद्देश्यीय भवन निर्माण गर्न लागेकोमा खुलेर प्रसंशा गर्दै संस्थाले गर्ने विकास निर्माणका काममा वडा कार्यालय सधैं सहयोगी रहने प्रतिवद्धता व्याक्त्त गर्नुभएकाे थियो ।
कार्यक्रममा वडा सदस्यहरू शिवराम भण्डारी, विक्रम गुरुङ, बिष्णु देवी थापा , तारा परियार, हरिहर मन्दिर व्यवस्थापन सितालपाइलाका अध्यक्ष, नरेन्द्र शर्मा भण्डारी पोखरा म.न.पा. वडा नं. १७ का वडा सचिव मन्जु ढुङ्गाना समेतको विशेष आतिथ्यतामा सम्पन्र भएकाे कार्यक्रममा बिरुवा मार्ग टोल विकास संस्थाका अध्यक्ष शालिकराम भण्डारी घारीकुलो टोल विकास संस्थाका अध्यक्ष गाेविन्द गिरी, सनराईज टोलविकास संस्थाका अध्यक्ष प्रणानाथ पौडेल, समाजसेवी कृष्ण पौडेल, तल्लो बिरौटा आमा समूहका अध्यक्ष रन्नतादेवी न्यौपाने, मेलमिलाप दिदिबिहिनी आमा समूहका अध्यक्ष कोपिला क्षेत्री संगमटोल आमा समूहका अध्यक्ष गंगा पौडेल लगाएतकाे उपस्थिती रहेको कार्यक्रममा संस्थाका निर्वतमान अध्यक्ष ज्ञानबहादुर क्षेत्रीले स्वागत मन्तव्य राखेका थिए ।छिमेकीटोल विकास संस्थाहरुले पनि तल्लो बिरौटा टोल विकास संस्थाले निर्माण गर्न लागेको बहुउद्देश्यीय भवन सम्पूर्ण टोलवासीले उपयोग गर्न सकिने गरी निर्माण गर्नु पर्ने र सो कार्यका लागि सहयोग गर्न तत्पर रहेको प्रतिवद्धता व्यक्त गर्नु भयो ।

संस्थाका अध्यक्ष कुवँरले सम्पूर्ण टाेलवासीकाे सद्भभाव र सहयोगको अपेक्षा गर्दै यसै आर्थिक वर्ष भित्र तिथि मिति नतोकि भवन निर्माण सम्पन्न गरी आजकै प्रमुख अतिथिज्यूलाई भवन उद्घाटनको निम्तो समेत दिई यथासमय निर्माण सम्पन्न गर्न टोलविकास समिति प्रतिवद्ध रहेको जानकारी गराउनु भएको थियो । कार्यक्रममा काेषाध्यक्ष तुलसी थापा,सदस्य भुवन प्रसाद दहालले संस्थाको आम्दानी वृद्धि गर्ने भरपर्दो श्रोतहरुको पहिचान गरी संस्थाको आफ्नै भवन निर्माण कार्य थालनी गरेकाेमा खुसी व्याक्त्त गरेका थिए । कार्यक्रमकाे सञ्चालन सचिव चेतनाथ चालिसेले गरेका थिए ।