Latest
अर्को
Prev

पूर्वाधार विकास समिति बैठकमा प्रदीप पौडेलका १७ प्रस्ताव

सेयर गर्नुहोस


काठमाडौं । पाँच महिनापछि पहिलो पटक आजदेखि संसदीय समितिका बैठकहरु सक्रिय भएका छन् । सो क्रममा पूर्वाधार विकास समितिको पहिलो बैठक बसेको छ ।


सो बैठकमा काठमाडाै क्षेत्र नं ५ वाट निर्वाचित सांसद प्रदीप पौडेलले मन्त्रालयले बनाउने नीति निर्माण तथा कार्यक्रमका १७ बुँदे प्रस्ताव गरेका छन् ।१, सरकारले आगामी नीति तथा कार्यक्रममा भौतिक पूर्वाधार प्राधिकरणको व्यवस्था गर्नुपर्ने ।


२, उपत्यका विकासका लागि अधिकार सम्पन्न उपत्यका पूर्वाधार विकास प्राधिकरणको व्यवस्था गर्नुपर्ने । ३, योजना निर्माण र कार्यान्वयन गर्दा संघिय मन्त्रालयहरूबीचमा अनिवार्य समन्वय हुनुपर्ने । ४, काम कारबाही र नीति निर्माणका सवालमा संघ, प्रदेश र स्थानीय तहका बीचमा डुब्लीकेशन हुने वा रहने अवस्थाको अन्त्य गरिनुपर्ने । ५, योजना कार्यान्वयनका सवालमा समयमा काम सम्पन्न नगर्ने, लागत बढाउने, अलपत्र वा भद्रगोल अवस्थामा राख्नेलाई कडा कारबाहीका लागि कानूनी व्यवस्था गरिनुपर्ने । ६, पूर्वाधार विकासमा सुशासन कायम गर्न नीतिगत र कानूनी व्यवस्था गरी संसदमा विधयेक निर्माण गर्नुपर्ने साथै यहाँ भित्रको भ्रष्टाचार अन्त्य गर्नका लागि हस्तक्षेप गर्नुपर्ने । ७, मन्त्रालयहरूले दीगो कार्यविधि बनाएर परिणाममुखी काम गर्नुपर्ने । ८, जुनसुकै योजना निर्माण गर्दा विकासको दीगो मोडल र प्राथमिकता तय गर्नुपर्ने । ९, समुदाय र नागरिकलाई असर पुग्ने वा सास्ती हुने गरी पूर्वाधार विकास गर्ने स्थितिको अन्त्य गर्नुपर्ने । १०, काठमाडौँ उपत्यकामा खानेपानी र विद्युत प्राधिकरणले भत्काएका सडकहरू असार अगाडि सम्पन्न गर्न सरकारले तत्काल निर्देशन गर्नुपर्ने ।


११, काठमाडौँमा ढल व्यवस्थापनका लागि विशेष योजना बनाउने । १२, मेलम्ची खानेपानी आयोजना अन्तर्गत रहेको खानेपानी वितरणलाई १२ महिना आउने गरी व्यवस्था गर्नुपर्ने साथै खानेपानीको पाइपलाइन र सञ्जाल तत्काल उपत्यकाभर विस्तार गर्ने । १३, सडक बीचमा रहेका बिजुलीका पोलहरु तत्काल हटाउने साथै नाङ्गा तारलाई प्रतिस्थापन गर्दै सबैतिरका बिजुली तारलाई भूमिगत गर्ने व्यवस्था छिटो कार्यान्वयन गर्ने ।


१४, उपत्यकामा रहेका खानेपानीका स्रोतहरू संरक्षण गर्ने र समान उपयोग गर्नका लागि उचित नीति ल्याइनुपर्ने । १५, पूँजीगत खर्च शतप्रतिशत हुने गरी नीति अख्तियार गर्नुपर्ने । १६, असारे विकासको पुरानो परम्परालाई अन्त्य गर्ने गरी कार्ययोजना बनाउनुपर्ने ।


र, १७, रिङ रोड विस्तारलाई अभिलम्ब कार्यान्वयन गर्ने साथै सड़क र यातायात क्षेत्रको गुणस्तर वृद्धि र सुशासनलाई सुनिश्चित गर्ने ।


आन्तरिक राजस्व कार्यालय, पोखरा - 1

सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist