काठमाडौं ३१ वैशाख।
नक्कली भुटानी शरणार्थी प्रकरणमा अदालतवाट पक्राउ पुर्जि जारी हुन साथ सम्पर्क विहीन रहेका पूर्वमन्त्री एवम् नेकपा एमालेका नेता टोप बहादुर रायमाझी पक्राउ परेका छन् ।
उनी काठमाडौंबाटै पक्राउ परेका नेपाल प्रहरीले जनाएको छ । रायमाझीलाई केन्द्रीय अनुसन्धान ब्यूरोले बुढानिलकण्ठबाट नियन्त्रणमा लिएको हो । वैशाख २० गते उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो । यसअघि प्रहरीको विशेष टोलीले मंगलबार ललितपुरको सातदोबाटोस्थित रायमाझीको घरमा छापा मारेको थियो। सो घटनामा रायमाझीका छोरा सन्दीप भने यसअघि नै पक्राउ परिसकेको छ ।
यस प्रकरणमा पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाणसहित १२ जनामाथि प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।