पोखरा । गण्डकी प्रदेशमा लामाे रस्साकस्सीका विच गण्डकी सरकारले पायो पुर्णता पाएकाे छ । नेपाली कांग्रेसबाट २, नेकपा माओवादीबाट २ र एकीकृत समाजवादीबाट १ जना गरी ७ सदस्यीय मन्त्रिपरिषद बनाइएको छ ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी, बागलुङका दिपेन्द्रबहादुर थापालाई मन्त्री नियुक्त गरेका छन् भने एकीकृत समाजवादीबाट राजीव गुरुङ (दीपक मनाङे) र माओवादीबाट रेशमबहादुर जुग्जाली नियुक्त भएका छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालयका कार्यक्षेत्र मिलान गरेको छ । मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला मन्त्रालयलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गाभेको छ ।
आर्थिक मामिला, उद्योग पर्यटन वन तथा वातावरण, सामजिक विकास तथा स्वास्थ्य र भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई भने यथावत राखेको छ । कृषि ऊर्जा तथा जलस्रोत मन्त्रालयलाई फुटाएर दुइटा मन्त्रालयले बनाइएको छ । कृषि तथा भूमि व्यवस्था मन्त्रालय र ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालय बनाएको छ ।