पाेखरा ।
गण्डकी प्रदेशमा मन्त्रालयको सङ्ख्या नबढ्ने गरी कार्यविभाजन हेरेफेर हुने भएको छ । यस अघिकाे सरकारले मन्त्रालयको सङ्ख्या १२ बाट घटाएर सातमा झारेको थियो । नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रालय घटाउँदा कार्य विभाजन नमिलेको देखिएकाले केही परिमार्जन गर्न लागिएको बताए ।
मन्त्रालयको सङ्ख्या सात नै रहन्छ, बढ्दैन, तर नयाँ कार्य विभाजन हुन्छ’, उनले भने, कार्य विभाजन टुङ्गिए पछि मन्त्रिपरिषद् विस्तार हुन्छ । हाल मन्त्रिपरिषद्मा मुख्यमन्त्री पाण्डेसहित बिनाविभागीय मन्त्रीका रुपमा माओवादी केन्द्रका सुशीला सिम्खडा र कांग्रेसकी सरस्वती अर्याल तिवारी रहेका छन् ।