Latest
अर्को
Prev

बन्दिपुरमा भएकाे दुर्घटनामा तीनको मृत्यु पाँच घाइते

सेयर गर्नुहोस


वैशाख २० तनहुँ ।


बन्दीपुरमा ट्रक पल्टिएर घरमा ठोक्किदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा  बन्दिपुर गाउँपालिका– १ बस्ने १२ वर्षीय आयुस भुजेल, सोही ठाउँ बस्ने ५० वर्षीय चेत बहादुर घर्ती र ६९ वर्षीय सन बहादुर भुजेल रहेका छन् ।


बुधबार बन्दिपुर गाउँपालिका– ५ आधिखोला स्थित पृथ्वी राजमार्ग सडक खण्डमा डुम्रे बाट मुग्लिन तर्फ जादै गरेको ना ४ ख १९७३ नम्वरको ट्रक अनियन्त्रित भई सडकको छेउमा रहेको सुनमाया भुजेल र सन बहादुर भुजेलको घरमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिए । ‘दुर्घटनामा गम्भीर घाइते भएका तीनै जनाको उपचारको क्रममा चितवन स्थित पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो,’ उनले भने ।


त्यस्तै दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् । बन्दिपुर गाउँपालिका– १ बस्ने ६ वर्षीय आयुसा भुजेल, सोही ठाउँका १० वर्षीय जस्मिन भुजेल, १० वर्षीय ईश्वर भुजेल, ८ वर्षीय समिर भुजेल र ५ वर्षीय सन्तोष भुजेल घाइते भएका हुन् । उनीहरुको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको प्रहरी नायव उपरीक्षक खाँणले बताए । दुर्घटना भएपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको थियो । 



सवारी दुर्घटनाका दोषीलाई कानुन बमोजिम कारवाही गर्ने, घाइतेहरुको उपचारमा पहल गर्ने दुर्घटनामा मृत्यु भएकालाई कानुन बमोजिम क्षतिपुर्ति उपलव्ध गराउने सहमति पस्चात सडक सुचारु गरिएको हो । पृथ्वी राजमार्ग चार घण्टा अवरुद्ध हुँदा लामो तथा छोटा दुरीमा चल्ने सवारी साधन रोकिएका थिए ।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist