Latest
अर्को
Prev

डाटा हराएपछि लोकसेवाद्धारा पुनः दरखास्त आह्वान

सेयर गर्नुहोस

काठमाडौं । लोक सेवा आयोगले विभिन्न पदमा पुनः दरखास्त आह्वान गरेको छ ।


सरकारी एकीकृत डाटा हराएपछि आयोगले २०७९ मंसिरमा प्रकाशित शाखा अधिकृत, पुसमा प्रकाशित नायब सुब्बा तथा माघमा प्रकाशित नायब सुब्बा प्राविधिकलगायतको पदमा पुनः दरखास्त माग गरेको हो ।


पहिले दस्तुर बुझाएर दरखास्त स्वीकृत भएका तथा दरखास्त स्वीकृत हुन बाँकी उम्मेदवारका लागि मात्र पुनः दरखास्त दिन पाउने प्रावधान राखिएको छ । त्यसका लागि आगामी जेठ १८ सम्मको समय दिइएको छ ।


आयोगले डाटा रिकभरीको कार्य भइरहेपनि कहिलेसम्म हुने र के कति डाटा रिकभर हुने यकिन गर्न नसकिएको बताएको छ ।


पूर्वप्रकाशित विज्ञापनलाई यथास्थितिमा राखिरहँदा जेठदेखि सञ्चालन हुने गरी तोकिएका परीक्षा प्रभावित हुने भन्दै लोकसेवाले पुन: विज्ञापन गरेको जनाएको छ ।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist