कमल खनाल
गत मंसिर ४ गतेको चुनावले देश भरिनै एउटा संकेत गरेको थियो त्यो संकेत मतदाताको मन परिवर्तनको थियो। दलहरू प्रतिको बिस्वासको निरंतरतामा ठेस पुगेको थियो। तर दलहरूले त्यसलाइ कहिलेकाहि हिढ्दा ठेस लाग्छ दुख्छ अल्ली पर पुगे पछि सन्चो हुन्छ भन्ने हिसावले लिए। सायद बैशाख १०मा उप निर्वाचन नभएको भए ठुलादलहरूको दम्भको पारो घट्ने थिएन।
बैशाख १० को उपनिर्वाचनले ठूला भनिएका पार्टीहरूलाइ घोल्तिन बाध्य बनाइ दियो। ठूला पार्टीहरूको आ-आफनै गठबन्धन छन्। गठबन्धन सहित निर्वाचनमा जादां पनि गठबन्धनले अपेक्षित सिट जित्न सकेनन्। राष्ट्रिय स्वतन्त्र पार्टीले तीन सिट मध्ये दुइ सिट जित्यो। स्वतन्त्र पार्टीले जितेको ठाउमा काग्रेसका उम्मेदबार हरूले हारे। राष्ट्रिय स्तरमा नै काग्रेसले तनहूबाट एक सिट गुमायो। सरकारमा भएको पार्टी ,त्यो पनि मंसिर ४ को निर्वाचनमा संसदमा बढी सिट जितेको पार्टीले पांच महिनाको अवधिमा गठबन्धन कायम रहदा रहदै किन आफ्नो सिट गुमायो? तनहूमा काग्रेसले दिएको उम्मेदबार तनहू जिल्ला भित्रका अब्बल उम्मेदबार हुन।
जिल्लामा क्रियासिल भएका शालिन स्वभावका बैतनिक पदप्राप्त नगरेका एक असल पात्रहुन काग्रेस भित्रका तर पनि उनले चुनाब किन हारे? चुनाव हार्नुका पछाडी धेरै कारणहरू छन। राष्ट्रपतिको निर्वाचन सम्पन्न भइसके पछि गोबिन्द भट्टराइको उम्मेदवारी तोक्न ढिलो गर्न हुन्थेन। रामचन्द्र पौडेललाइ जिताउन जसरी काग्रेस र गठबन्धन नेताहरू लागि परेका थिए त्यसरी नै पार्टीले योजना बनाउनु पर्थ्यो। पार्टीको भूमिका नै जिताउने भन्दा हराउने तर्फ गयो। पार्टीको कार्बाहीमा परेका तनहूँका काग्रेसका सक्रिय कार्यकर्ता देखि जनता सम्मलाइ मिलाउने भन्दा चिड्याउने काम गर्यो। विश्व बास्तोला लगायतका भरखरै काग्रेसबाट कार्यबाहीमा परेर बाहिरिएका कार्यकर्ताहरू लाइ मिलाउन सकेन। अर्कोतर्फ पार्टी भित्र पार्टीको शुद्धिकरणका लागि लडिरहेको बलियो जोशी समुहलाइ पार्टीमा मुलाउनुको सट्टा कार्यबाही फुकुवाका नाममा स-सर्त कार्यवाही फुकुवाको मौखिक घोषणा गरियो। लिखित रूपमा कार्यबाही फुकुवा गरेको संदेश दिएर मिलाउन सकेन।
जोशी समुहको जनमत काग्रेसहरूलाई थाहा थियो। जोशी समूहलाइ मिलाउने भन्दा पनि चिड्याउने काम गर्यो। अर्को केन्द्रीय समितिले गोविन्द भट्टराइ जिताउने नाममा जनतालाइ खुसी भन्दा पनि दुखी बनाउने काममा अग्रसर भयो। जनताले जे चाहेका थिएनन् त्यसै प्रति दबाव दिदा गोबिन्दको उम्मेदवारी प्रति जनताले प्रश्न गर्नथाले जुन अभियान काग्रेसको गम्भिर गल्ति थियो। त्यस्तै आफ्नो उम्मेदबारलाइ भोट माग्नुको सट्टा प्रतिस्पर्धि उम्मेदबारहरूलाई गालि गर्नु। जनमत सिद्धिएका पार्टी र नेताहरूलाइ चुनावमा लगानी गर्नु। चुनाव हार्नुका मुख्यकारणहरू थिए। काग्रेसका उम्मेदबार गोबिन्द भट्टराइलाई २०१२२ जना मतदाताले विस्वास गरे बिस्वास गर्ने मतदाता काग्रेस मात्र थिए भनियो भने गल्ति हुन सक्छ।
तनहूको जनमत पुरै बिभाजन थियो। केही एमाले र माओबादीका भोट गोबिन्द भट्टराइले पाएका थिए भने केहि काग्रेस एमाले र माओबादीको भोट बिशेष गरी युवाहरूको भोट स्वतन्र पार्टीका उम्मेदबार स्वर्णिम वाग्लेलाइ गएको देखियो । निर्वाचनको परिणामले के देखायो भने स्वतन्त्रपार्टीका उम्मेदबारले जसरी मत मागे त्यो मत मगाइलाइ जनताले राम्रो माने र पार्टी परिर्वत नगरिकन मत मात्र परिर्वतन गर्नोस भनेका थिए उनिहरूले। त्यो संगसंगै ठूला पार्टीहरू प्रतिको निरासा पनि गोविन्द भट्टराइको हारको कारण बन्यो। त्यति हुदाहुदै पनि गोविन्द भट्टराइले २०७९ मंसिर ४ मा काग्रेसले पाएको समानुपातिक मतमा १३६ मत मात्रकम ल्याए। यसरी हेर्दा काग्रेसको जनमत यथावत छ भन्ने देखिन्छ। तर यसो भनिरहदा गठबन्धनमा रहेका दलहरू प्रति अविस्वास गरेको भन्ने हुन सक्छ। त्यसैले काग्रेसले मंसिर ४ मा प्राप्त गरेको समानुपातिक बराबरको मत दिएर गठबन्धनले तनहूमा काग्रेसको साख जोगाइ दिएकोकुरा भुल्यौ भने पनि अर्को गल्ति हुन सक्छ। यतिवेला तनहूमा निर्वाचन परिणामको बिश्लेषण गर्ने काग्रेसीहरूले काग्रेसको मत नघटेको र गठबन्धनको भोट नआएको संस्लेषण गरेका छन्। मत परिणामले पनि त्यहि देखाउछ।
गोबिन्द भट्टराइले चुनाव हारे पनि काग्रेसको मत नघटेको परिणामले देखाउछ। हार्दा पनि रमाउन पर्ने कारण बनेकोछ काग्रेसलाइ। काग्रेसले समयमानै उम्मेदबार तोकेर काग्रेस भित्र मेलमिलापको बहस चलाएर काग्रेसबाट बिभिन्न कारणबाट काग्रेसबाट अलग रहेका र भएका काग्रेसहरूलाइ पार्टीमा मिलाउन सकेको भए गोविन्द भट्टराइलाई हराउन सक्ने तागत कसैसंग हुन्थेन। भइरहेका मतदाता पनि बिच्किने थिएनन। गोबिन्द भट्टराईले प्राप्त गरेको मत र जोशी समुहको मतमात्र जोड्दा पनि २७००८ मत हुने रहेछ।
स्वर्णिमले प्राप्त गरेको ३४९१९ मतमा जोशी समुहको मत घटाउदा २८०३३ मत हुनेरेछ। यसरी हेर्दा काग्रेस मिलेको संदेश दिएर र गठबन्धन कायम रहेको अवस्थामा काग्रेसका गोविन्द भट्टराइको जित सुनिस्चित हुने थियो। यतिबेला काग्रेसले आफ्नै जनमत बुझ्न नसकेर गोबिन्दभट्टराईलाइ हराउन पुगेको यथार्थ तनहूमा झल्किरहेको छ। बैशाख १० को उप निर्वाचनको परिणाम र जनमतले ठूला पार्टीहरूलाइ सबक सिकाएको छ। सुद्रनै पर्ने बाध्यकारी अबस्थामा पुर्याएको छ। “सबैलाइ चेतना भया”।
(लेखक राष्ट्रिय खेलकुद परिषद्का सेवा निवृत्त बरिष्ठ अधिकृत व्यास ११ तनहुँ निवासी हुन् ।)