पोखरा ।
गण्डकी प्रदेशका नवनियुक्तमुख्यमन्त्री सुरेन्द्र पाण्डेले नेपाल रेडक्रस सोसाइटी रेडक्रससंग सहकार्य गर्न गण्डकी सरकार तयार रहेकाे वताएका छन् । साे कुरा नेपाल रेडक्रस सोसाइटी गण्डकीको पाचौ साधारण सभा उद्याटन गर्ने क्रममा वतएका हुन् ।
साधरणा सभामा बोल्दै मुख्यमन्त्री पाण्डेले रेडक्रसकाे सात सिद्धान्तले नै रेडक्रसको परिचय दिएको बताए । उनले दैविक प्रकोप पूर्वतयारी र प्रकोप पछिको अवस्थामा रेडक्रसले खेलेको भूमिका उल्लेखनिय रहेको बताए ।
गण्डकी प्रदेश पनि प्रकृकति प्रकोपको बढि प्रभावित हुने प्रदेश भएकाले रेडक्रसको ठुलो भूमिका रहेको बताए । भुकम्पको अवस्थामा पनि रेडक्रसले ठुलो भूमिका निभएको सबैलाई थाहा छ, जनताको साथमा रहेको काम गर्नुभयो त्यसका लागि धन्यवाद दिन चाहन्छु, पाण्डेले भने ।
कार्यक्रममा बोल्दै रेडक्रस लुम्बिनीका अध्यक्ष कृष्ण पंगेनीले रेडक्रसले खेलेको भूमिकालाई केही घटनाका आधारमा नजरअन्दाज गर्न नहुने बताए । प्रदेश संरचना नयाँ भएकाले स्थापित गर्नका लागि सबैले पहल गर्नुपर्ने उनले बताए ।
रेडक्रस बागमगीका महासचिव रामजी पौडेलले केन्द्रीय समितिको महाधिवशेनका लागि जिल्ला जिल्लाबाट दवाव दिनुपर्ने बताए । उनले रेडक्रसको असल प्रयासलाई धमिलो हुन दिन नहुनेमा जोड दिए ।
कार्यक्रममा बोल्दै नपाल रेडक्रस केन्द्रीय कार्यालयका निर्देशक पुजा कोइरालाले नेपाल रेडक्रसको अन्तराष्ट्रिय पहिचान उत्कृष्ट रहेको बताइन् । कोइरालाले समिति विहिन भए पनि केन्द्रीय रेडक्रसले नियमित रुपमा संचालन भइरहेका कार्यलाई निरन्तरता दिइरहेको भनाई राखेकी थिइन् । तनहुँ रेडक्रसका सभापति प्र.डा. कृष्ण प्रसाद गौतमले रेडक्रसका गतिबिधिलाई निरन्तर समाजसंग जेड्नुपर्ने बताए ।
युवा रेडक्रस सर्कल भनुभक्त क्याम्पस तनहुँका सभापति सुनिता तिवारीले रेडक्रसबाट आफुले सिक्ने अवसर पाएको बताइन् ।नेपाल पात्रकार महासंघ केन्द्रीय सदस्य सरिता तिमिल्सीनाले रेडक्रसको भूमिकालाई कमजोर हुन दिन नहुने बताइन् ।
कार्यक्रममा रेडक्रस पर्वत र कास्की शाखाका कर्मचारीलाई दोसल्ला, प्रमाणपत्र र नगद ५ हजारले सम्मान गरिएको थियो ।सम्मानित हुनेमा पर्वत रेडक्रस कार्यालय प्रमुख खेम बहादुर क्षेत्री र कास्की शाखा प्रमुख मोहन सिंह खड्का रहेका छन् ।
साधारण सभामा महासचिव रामदत्त पौडेलले वार्षिक प्रतिवेदन, कोषाध्यक्ष नारायण प्रसाद घिमिरेले आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक देवीलाल शर्मा तिमिल्सीनाले लेखा प्रतिवेदन पेश गरेका थिए ।
साधारण सभाको समापन गदै अध्यक्ष सूर्य प्रसाद ढकालले प्रदेशको भूमिकालाई बढाउन आवश्यक रहेको बताए । मानवीय मुल्य र मान्यता