पोखरा, १२ ।
गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । मुख्यमन्त्री खगराज अधिकारीले वैशाख ९ गते संसदवाट विश्वासको मत पाउन नसकेपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि ३ दिनको म्याद दिएको हो ।
वैशाख १४ गते दिउँसो ४ बजेसम्मको समय दिएका छन् । नेपालको संविधानको धारा १६८ को २ अनुसार सरकार गठनका लागि उनले आह्वान गरेका हुन् । एमाले नेतृत्वकाे सरकार ढलेपछि नयाँ सरकार गठनका लागि आह्वान गरिएकाे हाे ।
सरकार गठनका लागि कांग्रेस, माओवादी केन्द्र र स्वतन्त्र सांसदकाे गठबन्धन छ । गण्डकीमा सरकारकाे नेतृत्व कांग्रेसले लिने कि माओवादीले लिने भन्ने विषयमा टुंगाे नलाग्दा सरकार गठनका लागि ढिला भएकाे थियाे ।
प्रदेश सभामा कुनै पनि दलको प्रष्ट बहुमत नभएको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने २ वा २ भन्दा बढी दलको समर्थन प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्न सक्ने व्यवस्था धारा २ ले गरेको छ ।
