११ वैशाख, तनहुँ ।
तनहुँ क्षेत्र नम्बर १ मा स्वर्णिम वाग्लेले अग्रता बढाउँदै लगेको छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार वाग्लेले ४३ हजार ७१ मत गणना हुँदा २२ हजार ८२ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका गोविन्द भट्टराईले १२ हजार ६४२ र नेकपा एमालेका सर्वेन्द्र खनालले ६ हजार ४५८ मत पाएका छन् ।
आँबुखैरेनी गाउँपालिका, देवघाट गाउँपालिका, भानु नगरपालिकाको सबै मत गणना भइसकेको छ । बन्दीपुर गाउँपालिकाको वडा नं १ देखि ४ सम्मको मतगणना सकिएको छ भने व्यास नगरपालिकाको पनि वडा नं १ को मत गणना भएको छ । वाकी ११ वटा वडाकाे मतगणना जारी रहेकाे निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।