Latest
अर्को
Prev

गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले पाएनन् विश्वासको मत

सेयर गर्नुहोस

पोखरा, ९ बैशाख/ गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएनन् । शनिबार प्रदेश सभामा विश्वासको मत पाउँ भन्ने प्रस्ताव राखेका थिए । उनको प्रस्तावलाई प्रदेश सभाले अस्वीकृत गरेको छ ।


गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले मुख्यमन्त्री अधिकारीले राखेको विश्वासको मतको प्रस्ताव अस्वीकृत भएको घोषणा गरे । विश्वासको मत प्राप्त होस भन्ने पक्षमा २४ मत र विपक्षमा ३५ मत प्राप्त गर्दै अधिकारीले राखेको विश्वासको मत बहुमतले अस्वीकृत भएको घोषणा गरे । सरकार कायम राख्नका लागि ३१ सिट आवश्यक पर्दछ ।



मुख्यमन्त्री अधिकारीले विश्वासको मतका लागि संसदमा प्रस्ताव पेस गरेका थिए । माओवादीले चैत १० गते सरकारबाट बाहिरिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।


सोही दिनदेखि अल्पमतमा परेका अधिकारीले संविधानको धारा १८८ (२) बमोजिम संसदमा प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त व्यवस्था अनुसार सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिए ३० दिनभित्र विश्वासको मतको लागि प्रस्ताव गर्नुपर्ने उल्लेख छ ।


अधिकारी माओवादी र राप्रपाको समर्थनमा पुस २५ गते मुख्यमन्त्री बनेका थिए । उनले संसदलाई सम्बोधन गर्दै केन्द्रको निर्देशनमा रातारात समर्थन फिर्ता लिँदा प्रदेशप्रति गम्भीर हुन नसकेको आरोप लगाए । गण्डकी प्रदेशमा नेपाली काग्रेसका २७, नेकपा एमालेका २२, माओवादीका ८, राप्रपाका २ र एक स्वतन्त्र सांसद रहेका छन् ।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist