तनहुँ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का युवा ईन्चार्ज एवं युवा संघका पुर्व अध्यक्ष महेश वस्नेतले वैशाख १० गते हुने निर्वाचनमा हरेक वुथमा १०० जनाको युवा दस्ता खटाईने वताएका छन् । यो निर्वाचनमा एमालेलाई घेरावन्दी गर्नका लागी राष्ट्रिय तथा अन्र्तराष्ट्रिय शक्ति लागेको हुदाँ त्यसलाई चिर्नका लागी एमालेले हरेक वुथमा १०० युवा खटाईने वताएका हुन् ।
एमालेले देशमा खेलेको भुमिकालाई लिएर विपक्षी पार्टीहरु आत्तिएको सन्र्दभमा एमाले नै जनताको पार्टी भएको समेत वस्नेतले वताए । एमालेले गएको मंसिरको चुनावमा घेरावन्दी तोडेर पनि जनताको शक्ति वनेको छ ।
देश र राष्ट्रियताको पक्षमा खेलेको एमालेको भुमिकाले नेपाल र नेपाली जनताको शिर उँचो वनाएको छ । जस्तो सुकै घेरावन्दी तोड्न पनि एमाले र युवा संघ तैयार छ, वस्नेतले भने ।