तनहुँ ।
लोकतान्त्रिक गठवन्धनका साझा उम्मेदवार गोविन्द भट्टराईलाई जिताउन र भट्टराईको चुनावी प्रचारको लागि नेकपा एकीकृत समाजवादीका नेता तथा प्रतिनिधी सभा सदस्य कृष्णकुमार श्रेष्ठ किसान आईतबार गृह जिल्ला अाएका छन् ।
पार्टीले गठवन्धनका उम्मेदवार भट्टराईलाई जिताउन जिम्मेवारी दिएर खटाए अनुसार तनहुँ आएको श्रेष्ठले बताए । ‘‘म अब चुनाव सम्म तनहुँ बस्छु र त्यसविचमा तनहुँका धेरै ठाउँमा पुग्छु’’ सांसद श्रेष्ठले भने । गठवन्धनका उम्मेदवार र अन्य दलका उम्मेदवारलाई श्रेष्ठले घर साङ्ले र बन साङ्लेको संज्ञा दिँदै भट्टराईले जित्ने दावी गरे ।