तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचार र कुसासनले देश गाजेको हुँदा त्यसको अवस्था परिवर्तन गर्न आफुहरु लागेको बताएका छन् । आइतबार तनहुँको दमौलीमा भएको बृहत् चुनाबी सभालाई सम्बोधन गर्दै लामिछानेले यो मुलुक सम्भावना भएको ठाउँ भएको बताए ।
यो मुलुकमा धेरै सम्भावना छ । तर इमान्दार नेतृत्व नभएको ठाँउ हो । आज राज्यको आर्थिक अवस्था कता पुगेको छ । राज्यको ढुकुटी आफै रित्तिएको होइन । कसरी रित्तियो त्यो खोज्नुपर्छ । त्यसैले सुसाशन कायम र भ्रष्टाचार नियन्त्रण गर्नुपर्छ ।
आज सडक निर्माण गर्न पर्यो भने हत्तपत्त सडक बन्दैन । बन्यो भने भत्किहाल्छ । किन भत्किन्छ । कमिसनको कारणले हो कि, त्यो जनताले बुझ्न जरुरी छ, उनले भने ।यहाँ हाम्रो पार्टीको सङ्ग्ठन त्यति छैन तर पनि मानिसहरुको आकर्षण बढेको छ । चुनाबी सभामा यति धेरै संख्यामा मानिसको उपस्थिति छ । त्यसैले जनताले अव परिवर्तन चाहेको उनले बताए ।
लामिछानेले हवाइ चप्पल लगाएर हिँड्ने मान्छे आज हबाइजहाज चडेर हिड्ने भैसकेको भन्दै व्यंग्य गरे । उनले कसरी त्यस्तो अवस्था आयो भन्दै प्रश्न गरे । हामी परिवर्तनका लागि आएका हौ । जनताले परिवर्तन चाहेका छन । इमान्दारी खोजेर पाइदैन इमानदारी बन्ने हो । त्यसैले स्वर्णिमलाई जिताएर सहयोग गर्न उनले आग्रह गरे । उनले भने, वाग्लेलाई जिताएर पठाउनुस अर्थमन्त्री बनाउने जिम्मा मेरो भन्दै सहयोग मागे । उनले अरु दलका उम्मेदवारले विभिन्न लान्छना लगाउने गरेको भन्दै चुनाबमा एउटाको अरुले कटाक्ष गर्ने होइन । मैदानमा हराएर देखाउने हो भन्दै चुनौती दिए ।