Latest
अर्को
Prev

बेलायतमा सात दिन…

सेयर गर्नुहोस

कमल खनाल


बेलायत जाने र घुम्ने मेरो ठूलो रहर थियो “जहाँ इच्छा त्यहा उपाय” भने जस्तै भयो बेलायतको यात्रा पनि । धेरै कल्पना र योजना कोर्दा कोर्दै भाइ दिपकले बेलायतको हाम्रो  यात्रालाइ सहजिकरण गरे । रहर लाग्दैमा सबैकुरा पुरा हुन्छ भन्ने हुदैन । सरकारी योजना भएको भए यति धेरै दिमाग गिजोल्नु पर्थेन। आराम साथ यात्राका लागि समय,पैसा र टिकट सहित बसोबासको सबै ब्यबस्थापन हुन्थ्यो। त्यो सुविधामा यात्रा गरेको अनुभव मलाइ थियो ।


बंगलादेश,श्रीलंका ,जापान, दक्षिण कोरिया र अष्ट्रेलियासम्मको यात्राले त्यो अनुभवदिएको थियो र ती सबै अनुभवले बेलायतको यात्रा कसरी ब्यबस्थापन गर्ने भन्ने कुरा सिकाइ रहेको थियो। हाम्रो बेलायत यात्रागर्ने क्षमता भन्दा पनि रहर थियो। मलाइ अमेरिका भन्दा पनि बेलायत पुग्ने र घुम्ने मनभरिको इच्छा थियो। भिषा प्राप्त भए पछि, टिकट लिइयो ,यात्राको तयारी गरियो। नोभेम्बर २७ का लागि।


बेलायतमा हामिले पहिलो पटक पाइला टेक्यौ। रमाइलो अनुभूति भइरहेको थियो। एक हप्ताको बेलायत बसाइलाइ संस्मरण यूक्त बनाउनु थियो र बन्यो पनि। बकिंघमदरबार ,वेष्टमिनिष्टर, लन्डन ब्रीज ,लन्डन आई, ग्रीनह्वीच , बी बी सीको कार्यलय ,थेम्स नदी र इगंलिस च्यानल सम्मका दृश्यात्मकबिषयहरूले हामीलाइ रमाइलो पन दिइरहेको थियो।


साथै अन्डरग्राउन्ड रेल यात्राले झनै रमाइलो बनाइरहेको थियो। बेलायतको बिकास हाम्रो कल्पना भन्दा बाहिर थियो। डिजिटीलाइजेसनले नियन्त्रण रसन्तुलन मिलाएको थियो। जिएमटीका बारेमा सुनेको तर नबुझेको बिषय थियो मेरा लागि।(GMT= green which mean time) समय मापन गर्ने,समय पत्ता लगाउने र समयलाइ सेकेण्ड, मिनट ,घन्टा र दिन मा बिभाजन गरेर पृथ्वीको पूर्व र पश्चिममा हुने समयको अन्तरलाइ बुझाउने बिधिलाइ जिएमटी भनिने रहेछ भन्ने बुझे।


एकै समयमा पूर्बीभागका देशहरूको स्थानीय समय अगाडि हुने र पश्चिमी देशहरूको स्थानिय समय पछाडि हुने भनेर मापन गरिने बिधि अर्थात बिश्वब्यापी समयलाइ समन्वय गर्ने बिधी पनि भनिने रहेछ भन्ने बुझे तर मेरो बुझाइ अपूर्ण पनि हुन सक्छ।


हामी हिथ्रोबाट सेन्टर लन्डनका लागि पिकाडेलीको यात्रा गर्यौ। सेन्टर लण्डन पुग्यौ हिडेर देखिने सबै चिजहेर्यौ। बेलुका हिथ्रो फर्कनु नै थियो र फर्कियौ। ओस्टार कार्डको टपअप (पैसा) सकिएछ। कार्ड रिड भएन हामी बाहिर निस्केर रेलमा जान सकिएन। हाम्रो गेट खुलेन बन्द भइरह्यो । कार्ड टपअप गर्नुपर्ने भयो तर कहाँ गर्नेथाह भएन। हामी उभिरह्यौ। पछाडिबाट आएका एक ब्यक्तिले  हामीलाइ समेत आफूसँगै बाहिर पालै पालो निकालिदिए अर्थात सहयोग गरे त्यस पछि मात्र हामीले पिकाडेली अन्डरग्राण्ड  ट्रेन चडेर हिथ्रो जान पाइयो नत्र समयले हामीलाइ धोखा दिन सक्थ्यो।


अर्को दिन पनि पिकाडेलीको यात्रा गर्नु नै थियो। त्यसैले ओस्टार कार्ड टपअप गर्न हिथ्रो नजिकैको टपअप गर्ने ठाउमा पुग्यौ। प्रोसेसिग भयो तर प्रोसेसिग गर्नेब्यक्तिले हाम्रो गल्ति पत्ता लगाए र भने हिजो सेन्टर लण्डनमा तिमीहरूले मिष्टेक गरेका रहेछौ मैले सहजै हो भने। उसले हाम्रो गल्ति पत्ता लगायो र जरिवाना तोक्यो ७५ स्टर्लिगं पाउण्ड ।


मैले भने गल्ति गरेको हो तर हामीलाइ यहाँको रूल थाह थिएन हामी यहाँको लागि नयाँ हौ ,यहाँको रूल अनुसार जरिवाना तिर्न तयार छौ भने। उसले के सोच्योहामीले ढाटेनौ एकपल्टका लागि जरिवाना मिनाह गर्यो र भन्यो बिकियरफुल।


मलाइ लागेको थियो त्यो हाम्रो गल्ति थिएन। डिजिटलाइजको यूगमा हामीले जानी नजानी गरेका सबै खालेगल्तिहरू पत्ता लाग्ने कुराले बाँकी दिनका घुमघाममा सतर्कता अपनाइयो।


हाम्रो अन्जान र अरूको सहयोग पनि जरिवानाको कारण बन्यो। त्यो दिन हामीलाइ माफि भयो। खुशीलाग्यो, किन भने उसले विवेकले निर्णय गर्यो र हामीले माफी पायौ । गल्ति हाम्रो मनसायले भएको थिएन,नियत पनि थिएन। त्यो परिवन्द थियो। जसले सहयोग गर्यो उसको मनसाय पनि सफा थियो,सहयोग प्राप्त गर्नेको मनमा त गल्ति गर्ने क्लेस पनि थिएन।


हामीले पहिलो पटक अण्डरग्राउण्ड ट्रेनको यात्रा गर्ने अवसर प्राप्त गरेका थियौ। बिपरित दिसाका दुइ लाइनबाट ट्रेनको यात्रा हुने रहेछ। जताबाट हेरे पनि उस्तै देखिने हामी झुक्कियौ। तीन पटक सम्म एउटै ट्रेन चडेछौ र एकै ठाँउमा झरेछौ। चौथो पटकमा हाम्रो जैविक यन्त्रले काम गर्यो र यात्रालाइ निश्चित बनायौ । मेरो एउटा बानी छ,गल्ती आफैले बुझेर मात्र सच्याउने कसैलाइ नसोध्ने। सोधेको भए समयको बरबाद पनि नहुने समयमा नै तोकिएको ठाँउमा पुगिन्थ्यो। कहिलेकाही मलाइ आफ्नै बानी राम्रो लाग्दैन।


भोलि पल्ट हामीले डोभर जाने निर्णय गर्यौ। डोभरमा प्रतिभा भतिजी थिइन्। उनले बडो श्रद्धा पूर्वक आउन आग्रह गरिन, टाडा भए पछि सम्बन्धले अर्कै आकार लिदोरहेछ। हामीले फस्ट क्लास रेलको टिकट लियौ। त्यो लाइनमा धेरै रेल चल्ने रहेछन्। हामीले महँगो टिकट किनेका रहेछौ। यात्रा सहज र सरल भयो। डोभर बेलायतको पश्चिमी भागमा पर्दो रहेछ जसको दुरी ७७ माइल्स (१२४ किमी) टाढा पर्ने रहेछ।


फ्रान्स र बेलायतलाइ समुद्रले छुट्याएको रहेछ। बेलायत र फ्रान्सलाइ जोड्ने गरि समुद्रमुनी टनेल बनाइएको रहेछ। जुन टनेलबाट यात्रा गर्दा १९९७ अगष्टमा प्रिन्सेस डायनाको कार दुर्घट्नामा मृत्यू भएको थियो। जसको लम्बाइ ३१.५ माइल्स र ५०.४५ किमी लामो थियो। जुन टनेल इगंलिस च्यानल मुनि थियो र च्यानेल टनेलका नामले पनि चिनिदो रहेछ। बेलायत र फ्रान्स  बीचको समुद्री भागलाइ इगंलिस च्यानल भनिदो रहेछ। हामी त्यहाँ पुग्यौ र डोभरको दृश्यलाइ सन्तुलित आहार जसरी नै ग्रहण गर्यौ। 


सेन्टर लण्डन  बेलायत कै ठुलो ट्रान्जेक्सन हुने स्थान थियो मानिसहरूको भीड अत्यास लाग्दो थियो। त्यो भीडलाइ छिचोलेर हिड्न नसक्दा शुभासिनीले धेरै तनाव ब्यहोर्नु पर्यो। उनी सेन्टर लण्डनको भीडमा हराइन । उनले मलाइ देखिनन्। म रेलको डाइरेक्सनका लागि मोबाइलमा कुरा गर्दै धेरै पर पुगेछु। फर्केर हेर्दा उनी छैनन्। त्यो भीडमा कहाँ खोज्ने मलाइ चिन्ता भयो। मलाइ भन्दा बढी जिन्ता उनलाइ पनि भयो होला। उनीसँग मोबाइल छैन। पैसा छैन। बाटो थाह छैन। आफ्नो मान्छे छैन। एउटा बित्यास त पर्ने नै थियो। भेटनभएको भए।


म ट्रेन स्टेसनबाट फर्केर निकै पर पुगे देख्दिन, अझै पर पुगे भेट्दिन, म अझ बढी चिन्तित भए। आँखा घुमाए, निक्कै पर उभिरहेको देखे,मेरो मन शान्त भयो। म उनको नजिक पुगे। उनको अनुहार आतंकित थियो। हराइने र  छुटने अबस्था त्यतिकै थियो। उनको अनुहार गुलाफको फूल जस्तै  रातो भएको थियो। उनकोमनमा धेरै कुरा खेले होलान, जसरी मेरो मनमा खेलेको थियो। एकै छिनमा परिस्थिति सहज भयो। ट्रेन चडेरडोभर पुग्यौ। रेलको टिकटलाइ ७५ पाउण्ड तिरेका थियौ। डोभर पुग्दा आफ्नै घर पुगे जस्तै भयो। रमाइलो भयो।


इगंलिस च्यानलका बारेमा पनि केहि जानकारी प्राप्त गर्यौ । इगंलिस च्यानललाइ एट्लान्टिक ओसनकोआर्म पनि भनिदो रहेछ। यसले दक्षिण इगंल्याड र उतरी फ्रान्सलाइ छुट्याएको रहेछ। एट्लान्टिक ओसन दोस्रो ठुलो ओसन हो।


एउटा रमाइलो र चाखलाग्दो जानकारी मूलक प्रसङ्ग पनि रहेछ। च्यानल स्वीमिङ्ग एसोसिएसनका अनुसार इगंल्याण्ड र फ्रान्स बीचको इगंलिस च्यानलको दुरी २१ माइल्स र गहिराइ १५०फिट रहेछ। सराह थोमस नामकी ३७ बर्षीय अमेरिकन अल्ट्राम्याराथन स्वीमर जो क्यान्सरको रोगी थिइनउनले २१ माइल्स लामो इगंलिस च्यानल ५४ घन्टा लगाएर पारगरेको रेकर्ड रहेछ। उनी कोलोराडो किबासिन्दा रहिछन। त्यतिबेलाको समुद्रको पानिको तापक्रम १४ देखि १८ डिग्री सेल्सियस मापन गरिएको रहेछ इगंलिस च्यानल पौडेर पार गर्ने पहिलो महिला पौडीबाज थिइन उनी।


अर्को दिन प्रतिभा संगै सेन्टर लण्डन तिर फर्कियौ। त्यहि रूट र त्यस्तै ट्रेनयात्रा तर सस्तोमा गरियो। सेन्टर लण्डन पुग्यौ। थेम्स नदीको सालिनता हेर्यौ  स्थिर प्रबाहमा बगिरहेको नदी कुनै समय हिँउ जमेर फनफियरहरू समेत गरिएको इतिहास रहेछ भने आज थेम्सनदी  ट्रेड एन्ड ट्रान्सपोर्टको रूट बनेको र साना ठूलाब्यापारलाइ फैलाउन सहयोगी नदी बनेको रहेछ । यो बेलायतको दोस्रो लामो नदी रहेछ।


लण्डन ब्रीजको स्थिरता देख्यौ पहिलो लण्डन ब्रीज ११७६ तिर बनेको रहेछ। लण्डनब्रीज जुन हामीले देखेकाछौ त्यो नयाँ लण्डन ब्रीज रहेछ। जुन ब्रीज १९६८/१९७२ मा ढुङ्गालाइ बिस्थापित गरेर बीम राखेर बनाइएकोरहेछ।


वेश्टमिनिष्टरको सम्मान र हामीले सानैमा सुन्ने गरेको बीबीसी सेवा कार्यक्रमको कार्यलयलाइ नजिकबाट देख्यौ। बेलायतीहरूको आश्थाको धरोहर बकिंघम दरबारलाइ नजिकैबाट नियाल्यौ।


लण्डन आइको आकृतिलाइ हेर्यौ । लण्डनआइ ४४३ फिट अग्लो र १२० डायमिटर  भएको अग्लोक्यान्टिलेभर रहेछ जहाँ ३२ वटा प्यासेन्जर क्यापसुल शहरको दृश्याबलोकन गर्नका लागि राखिएको रहेछ।


बेलायती आर्किटेक्ट जुलिया र डेभिडमार्कस जो लोग्ने र श्रीमति थिए। उनिहरूको डिजाइनमा निर्माण गरिएको लण्डन आइको लागत ७० मिलियन स्टर्लिङ्ग पाउण्ड लागेको रहेछ। ९ मार्च २००० मा सर्बसाधरणका लागि खुल्ला गरिएको रहेछ।


हामीलाइ डार्टफोर्ड बच्चुकैलाशको घर जानु थियो र प्रतिभासँग छुट्टियौ डार्टफोडमा जान हिथ्रोबाट २९ माइलको यात्रा गर्नु पर्ने रहेछ। १ घण्टा ३० मीनटको समय पार गरे पछि मात्र डार्टफोड पुगिने रहेछ। सेन्टरलण्डनबाट १८ माइल दक्षिण पूर्बी भागमा पर्ने डार्टफोर्ड नेपाली समुदायको बसोबास भएको क्षेत्र पनि रहेछ । डार्टफोड पुग्यौ। बच्चुको घरमा रात बितायौ। भोलि पल्ट बच्चुले गाडीमा सपिङ्ग सेन्टरमा लगेर छोडे।


 उक्तसपिङ्ग सेन्टर  यूरोप भरिकै धेरै नै उत्कृष्टमा पर्दो रहेछ। अन्तर्राष्ट्रिय अवार्ड समेत पाएको सपिङ्ग सेन्टर भित्र तिनवटा सपिङ्ग महल ,फ्यामिली स्टोर ,रेष्टुरेन्ट, १३ वटा सिनेमा स्क्रिन ,रोज ग्यालरी, ब्ल्यूवाटर बोटिङ्गलेक गल्फकोर्स र डिस्कभरी ट्रेल रहेछन् । धन्नै २ घण्टा बितायौ।


हामीले केही सामान खरिद गर्यौ। त्यस मध्ये बेलायतबाट नेपाल फर्कने नेपालीहरूले किनेर उपहारका लागि र आफ्नै प्रयोगका लागि ल्याउने प्रचलित सामान जाडो मौसमका लागि उपयूक्त हुने कम तौल भएको हल्का र तातो हुने … किनेर ल्यायौ।


साथै डार्टफोर्डमा फेमस राजा इडवार्ड सातौका १९०१-१९१० समयको आर्टस म्यूजियम पनि रहेछ।  बच्चुसँगको हाम्रो  पारिवारिक सम्बन्धका कारणले पनि हामी डार्टफोर्ड पुगेका थियौ। त्यस पछि हिथ्रो तिर लागियो।


हाम्रो बेलायत बसाइको सात दिनमा घामको न्यानो पाउन सकिएन। घाम लागे पनि नलागे पनि चिसो भइरहने। त्यसमा पनि पानि परिरहने न्यानो कपडाको आवस्यक्ता परिरहने रहेछ। घामलागे पछि मानिसहरूको चहल पहल हाइड पार्कमा देखिने रहेछ।


नेपालबाट बेलायतको यात्रा ९ घन्टा १० मी लाग्ने रहेछ। ४५८२ माइल अर्थात ७३७४ किमी रहेछ। हामी साँझपख बेलायतको भूमिमा पाइला टेकेका थियौ २०१० मा । लगेज धेरै थिएन र इमीग्रेसन पुग्न समय धेरैलागेन इमीग्रेसन क्लियर पनि भयो।


हिथ्रो एयरपोर्टको इमिग्रेसनले होलिडे मनाउन आएको हो भनेर सोध्यो मैले हो भने उसले खुशी भएर एक महिना बस्ने अनुमति दियो। सालिन र शिष्ट भाषा प्रयोग गरेको थियो उसले। यात्राका समयमा आफ्नै अज्ञानता बाहेक कुनै किसिमको दुख भएन।


सभ्यता र शिष्टता सिक्न पनि बेलायतको यात्रा अविश्मरणीय रह्यो। अनाहकमा दुःख दिने नियत देखिएन। धेरै बिषयमा हेर्न बुझ्न बाँकी नै थियो सात दिनमा हामीले देखेका र भोगेका बिषयले बेलायतको यात्रा पुरा हुदैन हेर्न र घुम्न पर्ने ठाउ थुप्रै रहेछन । उसले दिएको इन्ट्रीको उपयोग गर्ने क्षमता हामी सँग थिएन र सातै दिनमा हामीले नेपाल फर्किने निर्णय लियौ र फर्कियौ।


(लेखक राष्ट्रिय खेलकुद परिषद्का सेवा निवृत्त बरिष्ठ अधिकृत हुन्।)


आन्तरिक राजस्व कार्यालय, पोखरा - 1

सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist