Latest
अर्को
Prev

हलगोरु पाल्ने किसानलाई १० हजार अनुदान

सेयर गर्नुहोस

तनहुँ २१ चैत्र ।


व्यास नगरपालिकाले हलगोरु पाल्ने किसानलाई अनुदान १० हजार वितरण गरेको छ । व्यास–१ मा  हलगोरु पाल्ने बाह्र किसानलाई  नगरपालिकाले दश हजारका दरले अनुदान वितरण गरेको हो । किसानलाई व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले अनुदान रकम प्रदान गर्दै पछिल्लो समयमा गोरु पाल्ने प्रचलन हराउँदै  जान थालेपछि संरक्षणको लागि प्रोत्साहन गर्न अनुदान कार्यक्रम ल्याइएको  बताए । 



अनुदान रकमले गोठ सुधार तथा गोरुका लागि आवश्यक पर्ने आहारविहारमा खर्च गर्न समेत उनले कृषकलाई सुझाव दिएका थिए । हाते ट्रयाक्टर खरिद गर्न नसक्ने कृषकलाई मध्यनजर राख्दै गोरु पाल्ने कृषकलाई प्राथमिकतामा राखेको नगर प्रमूख न्याैपानेले बताए । कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले कृषकका लागि अनुदान दिने कार्यक्रम ल्याएसँगै तथ्याङ्क सङ्कलन गरी अनुदान प्रदान गरेको वडा सचिव मञ्जु कँडेलले जानकारी दिइन् । 



गोरुले जोत्ने परम्परा लोप हुने अवस्थामा पुगेकाले त्यसको संरक्षण गर्न र कृषकलाई टिकाइ राख्न गोरु पाल्ने कृषकलाई प्रोत्साहन गरिएको हो । अठ्ठार जना कृषकले अनुदानका लागि आवदेन दिएपनि वडा भित्र बसेर  गोरु पाल्दै आएका कृषकलाई मात्रै छनोट गरी अनुदान बितरण गरिएको  वडाध्यक्ष रमेशचन्द्र हडखलेले बताए ।  


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist