Latest
अर्को
Prev

पोखरा–१८ को मतगणना पुन ः गर्न उच्च अदालतकाे आदेश

सेयर गर्नुहोस

गत वैशाखमा भएको स्थानीय निर्वाचनमा पोखरा महानगर–१८ को वडाध्यक्षको मत पुन गणना गर्न उच्च अदालतले अादेश दिएकाे छ ।अदालतले उक्त वडाको मत  गणना गर्न आदेश दिएको उच्च अदालत पाेखराका रजिष्टार श्रीलाल पौडेलले जानकारी दिए। 


निर्वाचनमा पश्चात मतगणना हुदां ३ मतले पराजित भएपछि एमालेका उम्मेदवार पुष्कल थापाले पुन: मतगणना माग गर्दै जेठ १८ गते अदालतमा निवेदन दिएका थिए।उक्त रिट निवेदनमा सुनुवाइ गर्दै अदालतका कायममुकायम मुख्यन्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश ऋषिराज भण्डारीको संयुक्त इजलासले मंगलबार उक्त आदेश दिएको हो।


निर्वाचन आयोगले उक्त वडामा नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद तिमल्सिनाले १६४३ मत पाएर विजयी भएको घोषणा गरेको थियो। आफू ९ मतान्तरले विजयी भएको भन्दै पुन: मतगणनाको माग गर्दै उच्च अदालतमा निवेदन दिएका थिए । उनका प्रतिस्पर्धी एमालेका थापाले १६४० मत पाएका थिए।




सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist