तनहुँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस बदल्न कांग्रेसमा बसेर संघर्ष गर्नु पर्ने वताएका छन्। तनहुँ–१ को उपनिर्वाचनमा सोमबार गोविन्द भट्टराईको उम्मेदवारी दर्ताअघिको सभामा बोल्दै महामन्त्री थापाले कांग्रेसलाई बदल्न पार्टीभित्रै बसेर संघर्ष गर्नुपर्ने हाे ।
विदेशमा यति वर्ष, जागिर छाडेर आएको भन्नुहुन्छ भने मलाई त भन्न मन लाग्छ, तिमी त जागिर खाएको, घर बनाएको, पेन्सन पकाएर आएको हो। म सडकमा ढुंगा खाएर लडेर बसेको हो। जान नसक्ने भएर होइन।
क्षमता नभएर होइन,’ केही दिनअघि कांग्रेस छाडेका स्वर्णिम वाग्लेप्रति लक्षित गर्दै उनले भने। कोही कांग्रेसबाट अन्यत्र गएकोमा आफूहरूले प्रश्न नउठाएको उल्लेख गर्दै उनले भने, ‘तिमी गयौं भन्नेमा मेरो प्रश्न होइन। तर मलाई यहाँ बस्यौं भन्नेमा प्रश्न गर्यौ भने तिमी किन गयौं भन्ने म पनि प्रश्न गर्छु।’