Latest
अर्को
Prev

युनेस्को विश्व महासंघ एसिया तथा प्रशान्त क्षेत्रका लागि नेपाल उपाध्यक्षमा निर्वाचित

सेयर गर्नुहोस


काजकस्तान, १९ चैत


युनेस्को विश्व महासंघ अन्तर्गत एसिया तथा प्रशान्त क्षेत्रका लागि नेपाल उपाध्यक्षमा निर्विरोध निर्वाचित भएको छ । युनेस्को महासंघ एसिया तथा प्रशान्त क्षेत्र (Asian Pacific Federation of Clubs and Associations for UNESCO (AFUCA) )को काजकस्तानको राजधानी अलमाटिमा आइतबार सम्पन्न २६औँ साधारण सभाबाट नेपाल उपाध्यक्षमा चुनिएको हो ।


त्यस क्षेत्रको १२ देशले सहभागीता जनाएको अधिवेशनमा दुइ उपाध्यक्ष पदका लागि नेपाल र भियतनामको मात्र उम्मेदवारी दर्ता भएकाले दुबै देश उपाध्यक्षमा निर्विरोध हुन सफल भएका हुन् । नेपालबाट युनेस्को महासंघका अध्यक्ष तथा भानु नगरपालिकाका मेयर आन्नदराज त्रिपाठी चुनावी मैदानमा उत्रिएका थिए ।


अध्यक्षमा भने कोरिया र फिलिपिन्सले दावि गर्दै उम्मेदवारी दिएका थिए । कोरिया र फिलिपिन्सबीचको प्रतिस्पर्धामा मतका आधारमा कोरिया अध्यक्षमा निर्वाचित भएको हो । कोरियाले १० मत प्राप्त गर्यो भने फिलिपिन्सले २ मत मात्र प्राप्त गरेको थियो । कोरियाबाट सञ्जु ली(Sunjoo Lee) चुनावी मैदानमा उत्रिएकि थिइन ।


युनेस्को अभियानलाई सशक्त गरिनेछ – त्रिपाठी


उपाध्यक्षमा निर्वाचित भएपछि नेपाल युनेस्को महासंघ तथा क्लबहरुको राष्ट्रिय महासंघका अध्यक्ष त्रिपाठीले एसिया तथा प्रशान्त क्षेत्रमा युनेस्को अभियानलाई सशक्त रुपमा अगाडि बढाउन सक्रिय भूमिका खेल्ने बताए ।


आन्तरिक राजस्व कार्यालय, पोखरा - 1

सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist