काठमाण्डौं , १० चैत ।
तनहुँबासीहरूले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई ज्ञापन गरेका छन् । प्रतिनिधि सभाका सांसद , राष्ट्रिय सभा सदस्य , प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधि ,विभिन्न राजनीतिक दल , विभिन्न संघ संस्थाका प्रतिनिधि तथा नागरिक समाजका प्रतिनिधिहरुको टोलीले शीतल निवासमा पुगी बधाई ज्ञापन गरेका हुन् ।
बधाई ज्ञापन कार्यक्रममा सांसद एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्धय शंकर भण्डारी , प्रदीप पौडेल ,प्रदेश सांसद जीतप्रकाश आले, विभिन्र स्थानिय तहका प्रमूख, वडा अध्यक्षहरू लगायतको सहभागिता रहेको थियो ।शीतल निवासमा सहभागी भएका तनहुँबासीहरुले राष्ट्रपति पौडेलको सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका थिए ।
बधाई ज्ञापन कार्यक्रममा सहभागी हुन पुगेका तनहुँबासीलाई राष्ट्रपति पौडेलले आफूलाई यो स्थानमा पुरयाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए । साथै राष्ट्रपति पौडेल मुलुक र संविधानको रक्षाका लागि आफू सधै प्रतिवद्ध रहने समेत बताएका थिए ।राष्ट्रपति पौडेललाई बधाई ज्ञापन गर्न ठूलो संख्यामा तनहुँबासीहरु उपस्थित भएका थिए ।