पाेखरा ।
पोखरा महानगरपालिका– १२ ले बाध्यवादन सामग्री वितरण गरेको छ । बुधबार ९ वटा आमा समुहलाई वडा कार्यालयले बाध्यवादन सामग्री प्रदान गरेको हो । सबै आमा समुहको पदाधिकारीलाई कार्यालयमै बोलाएर मादल, खैजेडी र मुजुरा हस्तान्तरण गरिएको वडाध्यक्ष सन्तोष बास्तोलाले बताए ।
‘कला संस्कृतिको संरक्षण र जगेर्ना गर्ने उदेस्यले आमा समुहलाई सामग्री प्रदान गरिएको हो,’ उनले भने । वडा भित्र रहेका नौ वटा आमा समुहलाई कार्यालयले मादल एक थान, खैजेडी २ थान र मुजुरा २ थान उपलव्ध गराएको हो ।
सितलादेवी आमा समुहकी अध्यक्ष गंगा कार्की वडाले राम्रो कार्य गरेको बताइन् । वडाले दिएको बाध्यवादन सामग्रीको सही सदुपयोग गर्छौ, उनले भनिन् । बाध्यवादन सामग्रीका लागि करिव ६५ हजार रुपैयाँ खर्च भएको वडा कार्यालयले जनाएको छ । आमा समुहहरुले अझै बढी सक्रियता बढाउनुपर्ने महिला वडा सदस्य शान्ति कोइरालाले बताइन् ।