Latest
अर्को
Prev

पोखरा १२ मा निशुल्क चस्मा वितरण

सेयर गर्नुहोस

पाेखरा ।


पोखरा महानगरपालिका– १२ मा निशुल्क चस्मा वितरण गरिएको छ । वडा कार्यालयले मंगलबार १७ जनालाई निशुल्क चस्मा वितरण गरेको हो । नेपाल रेडक्रस सोसाइटी पोखरा महानगरपालिका– १२ उपशाखाद्धारा ११ पुसमा वडामा आँखा शिविर गरिएको थियो ।


शिविरमा परिक्षण गराएका ३१२ जना मध्ये १७ जनालाई चस्मा लगाउनुपर्ने समस्या देखिएकाले मंगलबार वडामै उनीहरुलाई चस्मा प्रदान गरिएको वडाध्यक्ष सन्तोष बास्तोलाले बताए । शिविरमा गरिएको परिक्षणमा चस्मा लगाउनुपर्ने समस्या भएकालाई आज वडामै चस्मा दिएर सेवा गरेको उनले बताए ।



मानिसको संवेदनशील अंग मानिने भएकाले वडा कार्यालयको समन्वयमा नेपाल रेडक्रस सोसाइटीले पुसमा आँखा शिविर संचालन गरेको थियो । रेडक्रस सामाजिक सेवा भाव लिएर काम गर्ने संस्था भएकाले समयसमयमा शिविर गरिदै आएको नेपाल रेडक्रस उपशाखाका सभापती कुश्मराज आचार्यले बताए । कार्यक्रम संयोजक गोविन्द प्रसाद घिमिरेले स्थानीयलाई गाउँ घरमै गएर सेवा दिइएको बताए ।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist