Latest
अर्को
Prev

प्रजातान्त्रिक विचार समाजद्धारा राष्ट्रपतिलाई बधाई तथा शुभकामना

सेयर गर्नुहोस

सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल ज्यूलाई प्रजातान्त्रिक विचार समाजले आज राष्ट्रपति पदमा निर्वाचित हुनुभएको बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ ।


राष्ट्रपति भवन शीतल निवासमा आज भएको कार्यक्रममा समाजका अध्यक्ष केदारनरसिंह केसी तथा समाजका वरिष्ठ उपाध्यक्ष कुलचन्द्र वाग्लेले सम्माननीय राष्ट्रपति समक्ष अभिनन्दन पत्र हस्तान्तरण गर्नुभएको थियो । सो अभिनन्दन पत्र समाजका सचिव वासुदेव भण्डारीले वाचन गर्नुभएको थियो ।


सो अवसरमा राष्ट्रपतिज्यूले प्रजातान्त्रिक विचार समाजले लोकतन्त्र र मुलुकलाई अप्ठ्यारो पर्दा सचेतकको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको थियो । सो कार्यक्रममा समाजका उपाध्यक्ष डा इश्वरी लौडारी, बागमती प्रदेश संयोजक भरत दवाडी, लुम्बिनी प्रदेश संयोजक शंकर दिवस मजगैया, गण्डकी प्रदेश संयोजक प्राडा अकलदेव मिश्र, केन्द्रीय सदस्यहरु डा. वीरबहादुर कार्की, कृष्ण केसी, सीबी मल्ल, मेनुका राजभण्डारी र जानुका पन्त लगायतको सहभागीता थियो ।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist