काठमाडाै ।
तनहुँ निर्वाचन क्षेत्र-१ र बारा-२ मा पनि १० वैशाखमा उपचुनाव हुने भएको छ । तनहु १ वाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति र बार २ वाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएसगै निर्वाचन हुन लागेकाे हाे ।
नेपालको संविधानको धारा ६२ को उपधारा (६) र धारा ६७ को उपधारा (३) मा निर्वाचन, मनोनयन वा नियुक्ति हुने राजनीतिक पदमा बहाल रहको व्यक्ति राष्ट्रपति वा उपराष्ट्रपति पदमा निर्वाचित भएमा निजको त्यस्तो पद स्वतः रिक्त हुने व्यवस्था छ । रिक्त भएको दुबै क्षेत्रमा १० वैशाखमै उपचुनाव गर्ने निर्णय निर्वाचन आयोगको सोमबार बसेको बैठकले गरेको छ ।
आयोगले २०७९ चैत १६ गते उपनिर्वाचन प्रयोजनको निम्ति आयोगबाट स्वीकृत अन्तिम मतदाता नामावली प्रकाशन गर्ने, चैत १८ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना, चैत २० गते उम्मेदवारको मनोनयन दर्ता र चैत २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह प्रदान गरिने कार्यतालिका सार्वजनिक गरेको छ ।