Latest
अर्को
Prev

राष्ट्रपति पौडेललाई आयोगद्धारा उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन हस्तान्तरण

सेयर गर्नुहोस

काठमाडौ, ५ चैत्र । निर्वाचन आयोग नेपालले आज सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू समक्ष यही चैत्र ३ गते सम्पन्न उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन बुझाएको छ । राष्ट्रपति भवन शितल निवासमा एक समारोहका बीच आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले राष्ट्रपति पौडेललाई सो प्रतिवेदन बुझाउनुभएको हो ।


सो क्रममा सम्माननीय राष्ट्रपतिज्यूले स्थानीय तहदेखि राष्ट्रपति÷उपराष्ट्रपतिको निर्वाचन सम्पन्न हुँदा लोकतान्त्रिक अभ्यास परिपक्क बन्दै गएको बताउनुभयो । साथै उहाँले सवै निर्वाचन निर्वाध, निष्पक्ष र शान्तिपूर्णरुपमा सम्पन्न गरेकोमा आयोग र सरोकारवाला निकाय सबैलाई धन्यवाद समेत व्यक्त गर्नुभएको थियो ।


प्रमुख आयुक्त थपलियाले यो वर्ष आयोगको लागि निर्वाचन वर्ष भएको चर्चा गर्दै उपराष्ट्रपति निर्वाचनका बारेमा विस्तृत जानकारी गराउनुभएको थियो । सो क्रममा प्रमुख आयुक्त थपलिया, आयुक्तहरु रामप्रसाद भण्डारी, जानकीकुमारी तुलाधर, सगुनशम्सेर जबरा तथा आयोगका सचिव गोकर्णमणि दुवाडीको सहभागिता थियो ।


आन्तरिक राजस्व कार्यालय, पोखरा - 1

सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist