Latest
अर्को
Prev

WRC मा ‘बासु’को आँखाले देखेका सपना

सेयर गर्नुहोस

चैत्र ०१, पोखरा ।


त्रिभुवन विश्वविद्यालयका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसहरु स्ववियु निर्वाचनको अन्तिम संघारमा छन् । झन्डै ६ बर्षको अन्तरालमा सम्पन्न हुन लागेको यो स्ववियु निर्वाचनले नेपालको बिधार्थी आन्दोलनको बिरासत जोगाउदै आगामी दिनमा अझ गति प्रदान गर्नेमा कुनै दुईमत छैन । नियमित कार्यतालिका अनुसार स्ववियु चुनाब हुन लागेका क्याम्पसहरुमा उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित भैसकेको छ । अबको केहिदिन पछी अर्थात चैत्र ५ गते बिधार्थीहरुको सत्ता भनिने स्ववियुको निर्वाचन सम्पन्न हुँदैछ ।


पोखराको इन्जिनियरिङ अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्सस (WRC) को स्ववियु निर्वाचन सबैको चासो र केन्द्रमा रहेको छ । देशभरिकै सबैभन्दा धेरै बिधार्थी पढ्ने पृथ्वीनारायण क्याम्पसमा तोकिएको समयमा स्ववियु निर्वाचन नहुने भएपछी अहिले सबैको नजर इन्जिनियरिङ अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्सस तिर छ । गण्डकी प्रदेशको केन्द्र र देशकै सुन्दरनगरी पोखराबाट देश निर्माणमा खटिने इन्जिनियरहरु उत्पादन गर्दै आईरहेको यो कलेजले भाबि स्ववियु सभापति पस्तो पाउँदैछ भन्नेमा सबैको चासो छ ।


इन्जिनियरिङ अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्ससको गेट वरिपरी चुनाबको खुब चहलपहल छ। विविन्न संघ संगठनका ब्यानर, सम्पर्क कार्यालयहरु र प्रचारहरुले रंगीचंगी बनेको छ wrc । वरपरका चिया पसलहरुमा चुनाबकै चर्चा छ । उम्मेदवारहरु भोट माग्नमा ब्यस्त् देखिन्छन ।


WRC कलेजको गेटमै हँसिलो चेहेरा,अग्लो कद र मिजासिलो लवजको एकजना ठिटो बिधार्थीहरु भोट माग्दै गरेको देखिन्छ। साथिभाई संग भेटिएपछी मायालु भावमा हात मिलाउछ, मुसुक्क हास्छ र भन्छ “नमस्ते मा बासु देब पौडेल, अखिल (क्रान्तिकारी) बाट स्ववियु सभापति पदको उम्मेदवार”! सिभिल इन्जिनियरिङ बिषयको तेश्रो बर्षमा अध्ययनरत बासुदेबको स्थाई घर हेटौडा हो ।उनी अखिल(क्रान्तिकारी) WRC समितिका सचिब समेत हुन् । कलेजको होस्टेलमा बसेर आफ्नो अध्ययनको तेश्रो बर्ष पुरा गरिरहदा बासुको आखाले केवल आफ्ना सपनाहरु मात्रै देखेका छैनन्, wrc का सम्पूर्ण बिधार्थिहरुको प्रतिनिधित्व गर्दै सबैका सपनाहरु पुरा गर्ने अठोट पनी बोकेका छन् ।


बासु भन्छन “अबको स्ववियु सभापति कलेजमा ताला लगाउन र खोल्न मात्रै जानेको राजनैतिक पात्र मात्रै हुनुहुँदैन, उसले बिधार्थिका हरेक समस्याको समाधान स्मार्ट तरिकाबाट समाधान गर्दै बिधार्थीको खास अविभाबक बन्न सक्नु पर्दछ ।” मेरो उम्मेदवारी यसकै लागी हो ।


कोरोना कहरले विश्वनै थिलोथिलो परेको बेला wrc का बिधार्थीहरुलाई परेको अप्ठयारोमा अखिल (क्रान्तिकारी)ले दिल खोलेर सघाएको थियो। कोरोनाका संक्रमीत बिधार्थीहरुलाई राख्नको लागी आईसोलेसन कक्ष अखिल (क्रान्तिकारी)को पहलमा बन्यो । त्यो समयमा क्याम्पस प्रसासन संग समन्वय गर्नेदेखि संक्रमति साथीहरुलाई औसधिजन्य सामाग्री उपलब्ध गराउन बासु दौडिरहे । पछी, प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय संग सहकार्य गरेर गण्डकीभरिका कलेजहरु मध्य wrc मा सबैभन्दा पहिले कोरोना खोप उपलब्ध गराउन पाउँदा अखिल (क्रान्तिकारी) का सचिब यिनै बासुदेब पौडेलको मुहारमा कम्ता चमक देखिएको थिएन ।


wrc का हरेक अतिरिक्त क्रियाकलाप होस् या बिधार्थिका दुख सुख, अखिल (क्रान्तिकारी) र बासुदेब पौडेल संगै देखिन्छन । क्याम्पसका बिभिन्न प्राबिधिक संस्थाहरुसंग समन्वय गर्दै प्रशासनको बेथिति र बिकृतिको बिरुद्दमा मुठ्ठी कसेर अग्र मोर्चामा उभिरहने बासुले यसपाली स्ववियु सभापति पदमा आफुलाई र आफ्नो संगठन अखिल (क्रान्तिकारी) लाई सबै साथीहरुले विजय गराउने बिश्वास व्यक्त गर्छन ।


यसपाली अखिल (क्रान्तिकारी)ले wrc मा समाबेशी र जुझारु प्यानल खडा गर्दै मैदानमा होमिएको छ । सचिब पदमा बिधार्थीहरु माझ लोकप्रीय पात्र “सुजन दवाडी” र कोषाध्यक्षमा “श्रीजना परियार” छन् । त्यस्तै प्रत्यक्षतर्फ सदस्यहरुमा करण भट्टराई, जनकराज जोशी, भरत खडका, अजय पोख्रेल, प्रकास धामी, नबिन श्रेष्ठ, राज ढकाल र आदर्श महत रहेका छन् ।


समानुपातिक तर्फ अखिल (क्रान्तिकारी) ले प्रेम कर्ण , भोजराज बिस्ट, मोहन कुमार यादब, प्रथम पाठक, दिपेन्द्र तिवारी, अजय पन्त, सजेशन घिमिरे, आदर्श ठाकुर, बिनय न्यौपाने,रेशम चन्द,आयुष पोडेल, सशिस सापकोटा, संगीता रोकाया र दिबिक्षा श्रेष्ठ को उम्मेदवारी दिएको छ।


समग्रमा चुनाब परिचालनको नेतृत्व गरिरहेका अखिल(क्रान्तिकारी) WRC का अध्यक्ष हरेन्द्र सिंह धामी ‘बबि’ आफुहरुको प्यानलले अत्याधिक मतका साथ एसपाली चुनाब जित्ने बताउछन् । ब्यबस्थित चुनाबि परिचालन अनी शान्त र प्रभावकारी प्रचार शैली अखिल (क्रान्तिकारी)को चुनाबी माहोल निकै लोभलाग्दो छ।


३ बर्षे wrc को बसाई र पढाईमा बासु र उनको टिम यहाँका धेरै समस्याहरुको साक्षी बसेको छ । बिधार्थीहरुका दुखमा मल्हम अनि खुसीमा हाँसो बनेर उनीहरु सधैंजसो बिधार्थी साथीहरुको साथैमा रहिरहेका छन् । उनीहरुलाई आफ्नो मात्रै चिन्ता छैन WRC, यहाँका बिधार्थी र उनीहरुको भबिष्यको बारेमा अझ धेरै चिन्ता छ । महिला र पुरुष होस्टेलका समस्या, लाईब्रेरिका समस्या, प्राक्टिकल ल्याबका समस्याहरु लगायतका समास्याहरु समाधानको लागी उनीहरुले क्याम्पस प्रशासन समक्ष धेरै पटक आन्दोलन गरे । कयौं पटक टाउकोमा कफन बाँधेर चर्को नारा लगाए, घाम पानी नभनी wrc बाट पास हुने हरेक बिधार्थीलाई अब्बल इन्जिनियर बनाउन प्रयास गरेका छन् क्रान्तिकारी र बासुको टिमले ।


त्यसो त wrc कलेजमा अखिल (क्रान्तिकारी)को गौरवपूर्ण इतिहास रहेको छ । त्यो इतिहासको पदचाप लाई पछ्छ्याउँदै दुई पटक क्रान्तिकारीले नै स्ववियु जितीसकेको छ । र यसपाली तेश्रो जितको पर्खाईमा छन् । २०५८ सालमा देव शरण यादब र २०६५ सालमा सुमन गिरीले क्रान्तिकारीको तर्फबाट स्ववियु जित्दा WRC मा धेरै सुधारका कामहरु भएका थिए । उबेला अस्तव्यस्त होस्टेल रंगरोगन गर्ने देखि सोलार बत्ति र ल्याबहरुमा आवश्यक सामाग्रीहरु व्यवस्था गर्ने लगायत धेरै कामहरु स्ववियुको पहलमा भएको थियो ।


त्यहि जगमा उभिएर आजको क्रान्तिकारी टिमले wrc मा दरिलो पाईला टेकेको छ । २०५८ सालमा तत्कालिन अखिल (क्रान्तिकारी) अध्यक्ष ओबिराज डाँगी “अविनास” लाई तत्कालिन शाही नेपाली सेनाले क्याम्पसको होस्टेल बाटै अपहरण गरि बेपत्ता बनाएको इतिहासलाई शिरोपर गर्दै बासु र उनको प्यानल यसपालिको स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारीको झण्डा फहराउन प्रयासरत छन् । बासु सुनाउछन “इन्जिनियरिङ पढाईको चौथो बर्षमा अनिवार्य इन्टर्नसिप र जब प्लेसमेन्टको ब्यबस्था कलेजले गर्नु पर्ने हो, तर कलेज यो बारेमा उदाशिन देखिन्छ । हामीले जितेपछि कलेजले यो काम नगरे स्ववियुले गर्छ, उनि भन्छन ।


अत: सहि नेतृत्व चयनमा चुकियो भने एक पटकको गल्तीले जीवनभरी पछुताउनुको विकल्प हुँदैन ।चैत्र ५ गते हातमा मतपत्र लिएर आफ्नो प्रतिनिधि छान्ने बेलाम WRC का विधार्थी साथीहरुले यो गल्ति गर्नुहुने छैन भन्ने कामना सहित बासुदेब पौडेल र उनको समुहलाई बिजयको हार्दिक सुभकामना ।



आन्तरिक राजस्व कार्यालय, पोखरा - 1

सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist