Latest
अर्को
Prev

नवनिर्वाचित राष्ट्रपति पौडेल बाँडेगाउ पुगेर भट्टराईको सालिकमा माल्यार्पण

सेयर गर्नुहोस


ललितपुर, २७ फागुन ।


नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुरको वाँडेगाउँस्थित कृष्णप्रसाद भट्टराई आश्रम पुगेर उहाँकाे शालिकमा माल्यार्पण गर्नुभएकाे छ । उहाँले साे क्रममाआश्रमकाे अवलोकन एवं निरिक्षण गर्नुभएको छ ।


सो अवसरमा नवनिर्वाचित राष्ट्रपति पौडेललाई आश्रमको सञ्चालिका अमिता कपाली, नेपाली कांग्रेसका उपसभापति एवं पूर्वगृहमन्त्री पूर्णबहादुर खड्का, कांग्रेस नेता एंव भारतका लागि पूर्व नेपाली राजदुत दीपकुमार उपाध्याय,जिल्ला समन्वय समिति ललितपुरका सभापति ऋषिदेव फुँयाल, प्रदेशसभा सदस्य मीनकृष्ण महर्जन, नेपाली कांग्रेस बागमती प्रदेशका सहमहामन्त्री ऋषिराम घिमिरेलगायतले स्वागत गर्नुभएको थियो । नवनिर्वाचित राष्ट्रपति पौडेललाई आश्रमका सञ्चालिका कपालीले आश्रमको गतिविधि बारे जानकारी गराउनु भएको थियो । नवनिर्वाचित राष्ट्रपति पाैडेल नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईकाे सरल र सदगी जीवनबाट प्रभावित हुनुहुन्थ्यो ।


यसैबीच नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पाैडेल ले आज किर्तिपुरकाे चम्पादेवि स्थित पुष्पलाल पार्कमा पुगेर नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालकाे शालिकमा माल्यार्णपण गर्नुभयाे । उहाँ पार्क पुग्दा पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष एंव पूर्व प्रधानमन्त्री माधव नेपाल, नेकपा एसका महासचिव वेदुराम भुषाल, काठमाडौ क्षेत्र नम्बर १० का प्रतिनिधि सभा सदस्य राजन केसी लगायतले स्वागत गर्नुभएकाे थियाे । साे अवसरमा नवनिर्वाचित राष्ट्रपति पाैडेलले पार्क, प्रतिष्ठानकाे भवनकाे अवलाेकन गर्नुभएकाे थियाे । पाैडेलले त्यहाँ राखिएकाे पुस्तिकामा हस्ताक्षर गर्नुभएकाे थियाे ।


यसअघि शुक्रबार नवनिर्वाचित राष्ट्रपति पाैडेलले पशुपतिनाथ मन्दिर र गुहेश्वरी मन्दिर पुगेर पसजा अर्चना गर्नुभएकाे थियाे । शुक्रबार नै पाैडेलले सुन्दरीजल स्थित वीपी संग्रहालय पुगेर वीपी गण्शमान, कृषणप्रसाद भट्टराई लगायतका नेताहरूकाे सालिकमा माल्याणपर्ण गर्नुका साथै संग्राहलय परिसरमा वृक्षारोपण गर्नुभएको थियाे । साेही दिन साँझ विश्वसम्पदा सुचीमा सुचीकृत स्वयम्भूनाथ क्षेत्रकाे अबलाेकन गर्नुभएकाे थियाे ।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist