तनहुँ ।
११३औँ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा फाल्गुन २४ गते ऋषिङ्ग गाउँपालिकाले खुल्ला महिला लोकगित प्रतियोगिता तथा डोरी तान्ने प्रतियोगिता राख्ने भएको छ ।
लोकगित प्रतियोगितामा प्रत्येक वडाबाट १ टिमले “आजको आवश्यकता सम्मुनत राष्ट्र निर्माणमा महिलाको सहभागीता” शीर्षकमा लोकगीत सृजना गरी गाउनेछन् भने महिला कर्मचारी र जनप्रतिनिधि बिच डोरी तान्ने प्रतियोगिता हुने ऋषिङ्ग गाउँपालिकाका सुचना प्रविधि अधिकृत साैगात तिमिल्सिनाले जानकारी दिए ।
साे अवसरमा महिला कर्मचारी र जनप्रतिनिधि बिच डोरी तान्ने प्रतियोगिता सुरु भई समापन पश्चात् हरेक वडाबाट १ टिमले आफ्नो लोकगित प्रस्तुत गर्नेछन् । यस कार्यक्रममा पुरस्कार प्रथम, द्वितिय, तृतिय हुने र सान्तवनाको लागी क्रमश रूपमा रु. २०,००० (अक्षेरुपी बिस हजार), रु. १५,००० (अक्षेरुपी रु. पन्ध्र हजार), रु. १२,००० (अक्षेरुपी रु. बाह्र हजार) र रु. ८,००० (अक्षेरुपी रु. आठ हजार) प्रदान गरिनेछ । सहभागी सम्पुर्ण टिमलाई प्रमाण पत्रको व्यवस्था समेत रहेको छ ।