पाेखरा ।
पोखरामा आज दिउँसो ४ बजेकाे समयमा आएको हावाहुरीका कारण फेवातालमा डुङ्गा पल्टिदा एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नं १ बगर बस्ने ७० वर्षीय याम माया गिरीको निधन भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
डुङ्गा पल्टिएपछि गम्भीर अवस्थामा उद्धार गरिएकी गिरीलाई हस्पिटल लगिएको थियो । चिकित्सकले उपचारको क्रममा मृत घोषणा गरेको कास्की प्रहरी प्रवक्ता डिएसपी श्रवण कुमार विकले जानकारी दिए । ६ जना सवार डुङ्गा पल्टिएकोमा अन्य ५ जनाको सकुशल उद्धार गरिएको थियो ।