१६ अगष्ट सखारै नेपाल फर्कने साहित गर्यौ। आर डि यु बिमानस्थल पुग्यौ। हामीलाइ एयरपोर्टसम्म साथ दिने समिप ,सुशान्त, बिरेन्द्र र अनिल जीहरू थिए। हामी ५.० बजे पुग्नु नै थियो पुग्यौ पनि। ०७ बजेको उडानमा न्यूयोर्क जानु थियो। लगेज क्लियरेस गरियो लगेज ट्याग र बोडिगं पास लिएर हिडियो जहाज भए तिर। ०७ बजेको उडानमा गएर बसियो। जहाजले जमीन छोड्यो। उनिहरूले हामीलाई छोडे। गए। हात हल्लाए अंकमाल गरे र हिडे। बासु र रिता पनि ढिलो गरी आइ पुगे। जहाजको पछाडिको सिटमा पुगियो। पछाडि बस्दा हल्लाएको अनुभव भरपुर लिन पाइने रहेछ। त्यो अनुभव लिदै करिव पौने २ घण्टाको यात्रा पार गरियो। यात्राको रौनक कतै आएन कारणहरू धेरै थिए। न्यूयोर्कबाट अर्को जहाज समात्नु थियो। १ घण्टाको ट्रान्जिट थियो। ट्रान्जिटले हामीलाई बिश्राम दिएन।
काठमाण्डौको साझा बस चड्ने हतारो जसरी नै जहाज चडियो। जहाज भित्र पुगेर सास फेरियो। अन्तरदेशिय जहाजको समयलाई मिनट भर पनि ढिला गर्नु हुन्थेन त्यसैले हतार गरेर जहाज भित्र पसियो र बसियो। हामीसंगसंगै लगेज पनि हतारमा नै लोड गरियो। जहाज उड्यो। करिव १४ घण्टाको उडान पट्यार लाग्नु स्वभाविक थियो। जहाजका सिटहरू पुरै भरिएका थिएनन्। भूइचालोले घर हल्लाएसरी जहाजले पनि हल्लाउदै कहिले तल गए जस्तो कहिले माथि पुगे जस्तो गरि आकाशमा नै रमाउदै न्यूयोर्क देखि कतार आइपुग्यौ। कतारमा तोकिएको ट्रान्जिट समयमा २ घण्टा थपियो। ट्रान्जिट समयको उपयोग भनेको ड्यूटी फ्री का सामान किनमेल गर्ने ,मोवाइल चलाउने र निद्रा लागे राखिएका चियरमा सुत्ने हो। त्यति पनि नभए पट्यार लाग्ने हुदोरहेछ। झुन्डाइएका टि भी स्क्रिनहरू हेर्यो बस्यो। बिभिन्न देशबाट आउने जहाजको स्क्याजुल आखा पट्टिने गरि हेर्ने र मानिसहरूको आवत जावत हेरेर ट्रान्जिट समय बिताउने काम हुने। कति बेला समय बित्ला र जहाजमा जाउला जस्तो हुने। एकातिर छोटो ट्रान्जिट समयले शाझा बस चड्न दौडे जस्तो गरेर जहाज चड्न पर्ने अर्को तर्फ नौविसे काठमाण्डौको यात्रामा हुने जाम जस्तो असाध्दै पट्यार लाग्दो यात्रा महशुस हुने गरि ट्रान्जिट समय बिताउनु पर्ने। यस्तो अवस्था पार गरेर यात्रा गर्नु पर्ने, सुन्दा रमाइलो लाग्ने अन्तराष्ट्रिय उडान तर उडानले दिने अनिन्द्रा र लामो समयको उडानले हामीलाइ कति थकित बनाएको थियो भोग्नेलाइ थाहा हुन्छ।
कतारबाट काठमाण्डौको उडानको समय बिताउन निक्कै समय लाग्यो। जहाजमा चडियो। पशुपतिनाथलाइ सम्झिदै करिव ५.३० घन्टाको समय सहित हामी काठमाण्डौका लागि उडियो। १७ अगष्ट २०२२ सांझको १० बजेको थियो होला काठमाण्डौ त्रिभूवन विमान स्थल आईपुग्दा। जहाजबाट ओर्लेर अध्यागमन पार गरेर तल ओर्लियौ। लगेज कलेक्सन तिर लाग्यौ। करीव १ घन्टा लगेजको खोजिमा बितायौ। सवैको लगेज आयो सबैले कलेक्ट गरे हिडे। अब त्यहा हामी मात्र भयौ। रात छप्पिदै थियो मानिसहरूको चहलपहल कम हुदै गइरेको थियो। हुनत संसारका अन्य देश जस्तो जहाजको भीडलाग्ने चहलपहल भइरहने यरर्पोट होईन यो। हामीले धेरै समय बितायौ ट्रान्जिटमा जस्तै।त्यस पछि सम्बन्धित एयरलाइन्सको डेक्समा पुगियो। हामी पुग्ने बित्तिकै डेक्स ह्याण्डल गर्ने एक युवतीले हामीलाई देख्ने बित्तिकै भनिन तपाइहरू ….. परिवार होइन ? उनले सोधिन हामीले खुशी हुदै हो भन्यौ। उनले पेपर निकाल्दै भनिन तपाइहरूको लगेज कतारमा नै आइपुगेको छैन भन्दै पेपर देखाइन कतारबाट पहिले नै पत्र आईसकेको रहेछ। हामीले सोध्यौ कहिले आउछ? भोलिको उडानमा आउछ। उनले निर्धक्क साथ भनिन। अनि लगेज लिन कतिबेला आउने ? मैले सोधे। उनले भनिन हामीले घरमा नै डेलिभरी गरिदिन्छौ। हामी एयरपोर्ट आउन नपर्ने र घरमा नै लगेज आउने भए पछि हामी एयरपोर्टबाट निस्कियौ। हामीलाइ रिसिभ गर्न आउने आफन्तहरूले लामो समय कुर्नु पर्यो। कति पट्यार लाग्दो कुराई थियो त्यो। किन ढिला भयो ? लगेज खोइ? प्रश्नको खात लागे। हामीले जवाफ दिदै थियौ। एउटा ट्याक्सी लिनु पर्ने भयो। समय धेरै नै भएको हुनाले ट्याकसीले पनि नडराइकन भाडा राम्रै भन्यो। हामीलाइ केहि थाह छैन भने झै गरि। मलाइ राम्रैसंग थाह थियो। मैले उसको भनाइलाइ खारेज गरेर आफ्नो भनाइ राखे। उसले चित्त बुझाएन। मैले भने मीटरमा जाउ उठेको रकममा रू १०० थप दिन्छु भन्दा पनि ट्याक्सी वालाले मेरो भनाइ खारेज गर्यो। कुरो मिलेन हामी अर्को ट्याक्सी तिर लाग्यौ। उसले दुवै पक्षलाई उचित हुने भाडा लिइ घर पुर्यायो। यहासम्म हामी खुशी छौ। घर आइपुगियो।
करीव ८/९महिना पछि आफ्नो घरको मूल ढोकाबाट टाउको सहित पुरै शरीर प्रवेश गर्यो। शरीर र मन सबै हलुगों भयो। घरले पनि राहत महसुस गर्यो जस्तो लाग्यो। खानाले फरक स्वाद दियो। बिछ्यौनाले दिने आराम फरक थियो। बातावरण नै फरक थियो। रातले दिने आन्नद फरक थियो। सुनसान थियो रात। सडकमा कताकति गाडीको घुइघुइ आवज आएको सुनिन्थ्यो। रातले निद्रा त्यति दिन सकेन। बिहानीपख निद्रा के लागेको थियो। छिमेकीको जण्डो भाले कुखुराको आवाजले निद्रा भताभूगं बनाई दियो। बिस्तारै उज्योलोको साम्राज्यले सयन कक्षमा प्रभाव पार्यो। अब उठ्न करै लाग्यो। धेरै समय पछिको बिहानीले फरक सन्देस दिइरहेको थियो। नौलो अनुभव भइरहेको थियो। छिमेकीहरूलाइ पनि हाम्रो आगमनले नयापन दियर नियास्रो मेटिरहेको थियो। उनिहरू खुसी थिए। हामी लगेजको प्रतिक्षामा थियौ। प्रतिक्षा हाम्रो मात्र होइन। जसले हामी मार्फत आफ्नाघर परिवारलाइ सामान पठाएका थिए। मगाएका थिए। उनिहरू पनि उत्सुकतावस प्रतिक्षामा थिए। एयरलाइन्सका मानिसहरूले भने अनुसार सामान आएन।
अर्कोदिन दिनको ११ बजे तिर सामान लिएर एउटा भ्यानले घरमा प्रवेश गर्यो। मलाइ फोन गर्यो। मैले फोन न एयरपोर्टमा नै टिपाएको थिए। उनिहरूलाइ सजिलो होस भनेर घरको ल्याण्ड मार्क दिएको थिए। सजिलै घरको दैलामा आईपुग्यो सामान सहितको भ्यान। म घरको माथिल्लो तलाबाट झरें। गेट खोले भ्यानबाट एउटा भाईले लगेज निकालेर भने सरको एउटा सुट्केश आइपुगेको छैन भने र एउटा रिसिभ पेपरमा सामान बुझेको हस्ताक्षर मागे। मैले पुरै सामान प्राप्त नभइन्जे म हस्ताक्षर गर्दिन भने। उनले मेरोकुरा आफ्नो अथोरिटीलाइ भने। उताबाट आएको जवाफ संगसंगै उनले भने सर त्यसो भए सामान फिर्ता ल्याउन भन्नु भाछ। उनले टेलिफोनमा भएको कुराकानी अनुसार नै भनेका थिए। मैले उनलाइ लाने स्वीकृति दिए। उनले निकालिएका सबै सामान गाडीमा राखे। त्यसै समयमा उनको मोवाईलमा घन्टी बज्यो। केहिछिनको कुराकानी पछि सामान गाडीबाट निकालेर भने सर जति सामान आएको छ त्यति बुझिदिनुस बांकी सामान आएपछि पुरै बुझिदिनु होला भनेर अनुरोध गरे। मैले सोचे आइसकेको सामान फिर्ता गर्नु अर्को भूल हुनेछ। जेजति सामान आएको छ हाम्रो मात्र छैन धेरै गिफ्टहरू छन। गिफ्टले मानिसलाई कति उत्साहित बनाउछ। नयां बस्तु नयां ठांउबाट ल्याएको भने पछि छुट्टै रमाइलो र महत्वको हुन्छ। मैले मनन् गरे र आधा सामान नआए पनि आधा सामानको जिम्मा लिए। आउन बांकी सामानले मेरो पुरै शरीर गलायो। आंखा पट्टायो,समय कटायो। बिमान स्थल स्थित संम्बन्धित एयरलाइन्सको कार्यलयमा फोन गर्यो सामानको खोजिकार्य भइरहेको छ के हुन्छ तपाइलाई जानकारी गराउछौ भन्ने जवाफ आउछ। यसरी २७ दिन बिताइयो। त्यस वीचमा टिकट काट्ने ट्राभल्स एजेन्सी समेतलाई उपयोग गरियो। केहिसीप लागेन ,फेरि मध्ये ठमेलमा रहेको ट्राभल्स एजेन्सीले कोरोनाको कारण देखाई अफिस बन्द गरेको रहेछ ,घरभाडा जोगाएका रहेछन्। मोबाईलको भरमा ट्राभल्स एजेन्सी चलाइ रहेका थिए।आबस्यक पर्यो भने फोनबाट नै कुरा गरे पछि घरमा नै टिकट ल्याइदिन्थे। आमाको अष्ट्रेलियाको भिषा लाग्यो। आमा अष्ट्रेलिया जाने हुनु भयो। टिकट आबश्यक भयो टिकट घरमा नै ल्याइदिन्थे।मैले ट्राभल्सको भाईलाइ धेरै माया गर्थे ,उनले पनि मलाइ धेरैनै माया गर्थे । मेरो लामो चिनजान हो उनिसंग। उनले समय समयमा इकोनोमिकस टिकटबाटनै बिजिनेस क्लासमा यात्रा गराइदिन्थे। यसपटक पनि उनले त्यसै गरे। छोरीले पहिलो अन्तराष्ट्रिय उडान नै बिजिनेस क्लासबाट शुरू गर्ने मौका पाइन। आमाका लागि टिकट उनैलाइ भने घरमा नै टिकट लिएर आए। आमा अष्ट्रेलिया जानु भयो।
मैले उनलाई एयरलाइन्सको कार्यलय हात्तिसार देखि एयरपोर्टको उडान अफिस सम्म पुर्याए। उनले ठूलो सहयोग गरे। त्यस भन्दा पहिला नै मैले भाईहरू केदार ,श्याम र बिकासलाई लगेजका सम्बन्धमा बताएको थिए। समय बिस्तारै बितिरहेको थियो। मलाइ पनि उकुस मुकुस बनाइरहेको थियो। मूल्यवान सामान थिए त्यो लगेजमा। आफ्ना थिए अरूका थिए। जति सक्दो छिटो सलट्याउन पाए अन्य काम गर्न हुन्थ्यो भन्ने लागिरहेको थियो। काम धेरै थिए। एउटै काममा अल्झिरहनु समयको बर्बादी थियो। एक दिन म आफै नै यरलाइन्सको यरपोर्ट अफिस जाने सोच बनाए। त्यति नै बेला भाइ श्यामको फोन आयो म एयरपोर्ट जादै छु भने। म यरपोर्ट पुग्दा श्यामको पुन फोन आयो। म यरपोर्ट पुगिसकेको छु भने। हामी त्रिभूवन बिमान स्थलको उत्तर तर्फको रातो इट्टाले बनाइएको लामो र अग्लो भवनमा प्रवेश गर्यौ। हाम्रो बिषय कोठा नं ६ संग सम्बन्धित रहेछ। हामी त्यहा पुग्यौ। हामीलाइ सम्मान पूर्वक बस्न अनुरोध गर्ने एकजना सिनियर अफिसर जसले कतार एयरको लामो आकारको टोपी लगाएकी थिइन। ड्रेस पनि ऐयरलाइनस्मा प्रयोग गरिने अर्थात ऐयर होष्टेजहरूले लगाउने रंगले भरिएको थियो। उनलाई हेर्दा लाग्थ्यो कि उनि पनि एयर होष्टेज हुन। तर उनि ऐयर होस्टेज भन्दा सिनियर कर्मचारी थिइन। नेपालबाट हेरिने मेरो जस्तै धेरै समस्या उनले नै सल्ट्याउने र सम्बन्धित निकायमा कागजात पठाउने कस्टमरसंग डिल गर्ने काम उनको रहेछ। म र राजेन्द्र त्यहा पुग्यौ। उनिसंग मेरो २/३पटक टेलिफोनमा कुराकानी भएको थियो। मैले दुइहात जोडेर मेरो नाम भने उनले नजिकबाट चिने झै गरेर नजीक बस्न अनुरोध गरिन। हाम्रो वीच कुराकानी शुरू भयो। उनले कम्पुटर खोलिन मेरो नाम सहितको बिबरण दिदै भनिन। हामीले न्यूयोर्कमा पनि संपर्क गर्यौ कतारमा पनि गर्यौ। कतै पनि फेला परेन।
न्यूयोर्कले त लगेजनै न आएको जनकारी दियो उनले भनिन। कतारले खोजिजारि राखेको छ। त्यसपछि उनले एयर्पोटको लगेज राख्ने गोदाममा खोज्न पठाइन। हामी आफै गयौ। एउटा पेपर मलाई दिइन। हामी उनले भने अनुसार नै गोदाममा प्रवेश गर्यौ। पाचजना गोदाम भित्र पस्यौ र कतार बाट आएका सामान हेर्यौ। ठुलो गोदाम रहेछ त्यो। सबै ऐयरलाइन्सबाट आएका सामान त्यहि राखिने रहेछ।प्रवेश निषेध एरियामा हामीलाई पस्न अनुमति मिल्यो। खोज्ने काम भयो। धेरै कोशिस गर्दा पनि लगेज फेला परेन। हामी त्यहाबाट कतार एयरलाइन्सको अफिसमा गइयो।उनलाइ सबै जनकारी गराईयो। उनले भनिन सामान हराएको३०दिन पछि सामानको क्षतिपूर्तिका लागि प्रक्रिया अगाडि बढाईन्छ। अब केहि दिन कुर्नोस त्यस पछि म क्षतिपूर्तिका लागि प्रक्रिया अगाडि बढाउछु। त्यसका लागि तपाईले फर्म भरेर पठाउनु पर्छ भनेर तीन पन्नाको फर्म दिइन। हामी त्यहाबाट हिड्यौ। सेप्टेम्बर २२ मा पहिलो फर्म भरेर मेल गरे। त्यसको फलोअपमा धेरै दिन लाग्यो।उनले कागज फरवार्ड गरेको बारेमा मलाइ टेलिफोन मार्फत जानकारी गराइन। फरर्वाड गरेको महिना दिन पछि उनले मलाइ सामान र सामान अनुसारको मूल्य तोकेर पठाई दिन अनुरोध गरिन। मैले ४ डिसेम्वरमा पुन फर्म भरेर आइटम वाईज सामानको मूल्य राखेर पठाए। उनले भने बमोजिम मैले पठाए तर काम नहुदा उनलाई पनि लाजले खायो। टेलिफोन उठाउदा जबाफ दिनु पर्ने हुदा फोन नउठाउने र समय बिताउने काम गर्न थालिन उनले पहिलो भेटमा नै भनेकि थिइन म तपाईकोकेशलाइ प्राथमिकतामा राखेर काम गर्छु। उनले प्राथमिकतामा पनि राखेकी थिइन। म पनि खुसी नै थिए। हामी वीच सौहार्दता थियो दुवैको फोन मोवाइल भित्र कैद भए।शब्दमा मिठास थियो। फेरि मैले उनलाइ बोजिलो बनाएको थिए।यो कामका बारेमा उनि प्रति मेरो पुरापुर विश्वास थियो। अब म सामानको क्षतिपूर्ति पाइनेमा विश्वस्त थिए। उनले टेलिफोन गरेर एक पटक सोधेकि थिइन। तपाइ कहिले फर्कनु हुन्छ?मैले भने समय बांकी छ। नहतारिकन प्रक्रिया अगाडी बढाए हुन्छ। यसरी हामी बीच कुरकानी भइ रह्यो।
२७ डिसेम्बर २०२२ मा क्षतिपूर्तिको प्रक्रियाका लागि अर्को एउटा मेल आयो। रकम तोकेर कवुलियत सहितको फर्म आयो। जुन फर्म भरेर मेल मार्फत पठाउनु पर्ने थियो।त्यस अगाडि मैले लगेजका वारेमा मेरो कमप्लेन लेटर दिइसकेको थिए। त्यस पछि पनि मैले ३० सेप्टेमबरमा डिस्कृप्सन अप ब्यागेज र डिस्कृप्सन अफ कन्टेन्ट फिलअप गरिसकेको थिए। यसरी नै अक्टोवर ४ मा त्यसैको अर्को कपि मेल गरे। उनले हाम्रो केशलाइ प्राथमिकतामा राखेर काम गरेको मैले महसुस गरे। हुनत मेरो जस्तै केश भएका अर्थात लामो समय देखिका समस्या भएकाहरू पनि अफिसमा आएका थिए। मैले धेरै चासो लिइन ,लिने बिषय पनि थिएन। २/३ महिना भयो भन्दै आएका मानिसहरूलाई पनि भेटेको थिए। मर्का मलाइ पनि थियो उनिहरूलाइ पनि थियो। मैले पाएको सहयोग तिनीहरूले पनि पाएको हुनु पर्छ ,मैले धेरै चासो राखिन।उनको पक्षपात गर्ने स्वभाव मैले महसुस गरिन। समस्या एकै प्रकारको भएकोले समाधान पनि त्यहिबाट हुने र त्यो उनको दैनिकी जस्तै थियो। उनिबाट मैले मात्र एकलौटी सुबिधा पाएको भन्ने गौरव मैले गर्न मिल्दैन केदार ,श्याम र बिकासले दिएको सुबिधा भने उनिहरूले पाएनन् होला। मैले पाउनु स्वभाविक थियो उनको प्रयासले ४ महिना ११ दिन पछि सफलता प्राप्त गर्यो। २७ डिसेम्बर २०२२ मा मलाइ एउटा मेल आयो। जहा मैले प्रप्त गर्ने रकम समेत राखिएको थियो। भनिएको थियो तपाइले क्लेम गरिए अनुसार र कतार एयरलाइन्सको नियम अनुसार पठाइएको छ। प्राप्त रकम मैले माग गरे अनुसार ठिक छ पछि कुनै किसिमको अबरोध गर्ने छैन भनि अथोरिटी लेटर हस्ताक्षर गरेर पठाउन भनिएको थियो। मैले त्यसै दिन पठाए। उनिहरूले एयरलाइन्सको तर्फबाट दायित्व पुरा गरे। म खुसी हुनलाई जोड गरिन किन भने मेरो आफनो सामान को रकम त प्राप्त भयो तर जसले घरमा टेलिफोन गरेर यो यो सामान फलानो फलानो लाई पठाएको छु भनेर खुसीका साथ टेलिफोन गर्ने र सुन्ने दुवै तर्फका मानिसलाई भने निरासा छाइरहेको थियो। तर उनको कुरा भने अलग थियो। तपाईहरूले जतिसुकै महगां सामान ल्याए पनि त्यो सामान हराएको खण्डमा पहिलो पोर्ट अफ इन्ट्रीमा सामान इन्ट्री गरेर मूल्य अनुसारको रकम तिरेर डिक्लेरेसन गराउनु पर्छ त्यस पछि मात्र तपाईले हराएको सामानको दाबी गरेको रकम पाउनु हुन्छ नत्र तपाइहरूले पाउने नियम अनुसार बढीमा ११ सय डलर मात्र हो । ११ सय डलर प्राप्त गर्न पनि समानको वील हुनु पर्छ। नत्र पाउने रकम बढीमा ८०० मात्र हो उनले भनिन्। उनको भनाइ म प्रति लक्षित थियो मैले प्रष्ट बुझेको थिए। उनि म प्रति खुसी थिइन। लामो समय देखिको प्रयासमा रकम उपलब्ध गराउन सफल भएकोमा। सामान हराएका धेरै मानिसकोहरूको आ आफनै तर्क थिए जुन स्वभाविक रहेनछन। मैले परेर थाह पाए। लगेजको खोजिकार्यमा लगेजको तश्वीर पनि महत्वपूर्ण रहेछ। लगेजको तश्वीर कतै लिइएको भेटाइएन।
निकै पछि थाह भयो ३१ डिसेम्बर २०२१ मा गाडिबाट सामान झिकेर बाहिर राख्दा फोटो खिचिएको रहेछ। धेरै पछि मात्र थाह भयो। जतिवेला समय बितिसकेको थियो। फोटो अशोकको मोवाइलबाट लिइएको रहेछ। अगाडि नै थाहा भएको भए धेरै दुख र हैरानी भोग्नु पर्थेन। जे होस क्षतिपूर्ति स्वरूप रकम प्राप्त भयो। हराएको सुट्केश पाइएन। एयरपोर्ट स्थित कतार एयरलाइनसको कार्यलय कोठा न ६ संग सम्बन्धित कर्मचारिहरू प्रति हामी आभारी छौ।
लेखक ः कमल खनाल