Latest
अर्को
Prev

राष्ट्रपति चुनावका लागि ८ दलीय गठबन्धनले कार्यदल बनायो

सेयर गर्नुहोस

काठमाडौं ।


नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहितका ८ दलले राष्ट्रपति निर्वाचनलाई लक्षित गरी कार्यदल गठन गरेको छ ।कांग्रेस उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलमा माओवादी केन्द्रका महासचिव देव गुरुङ, एकीकृत समाजवादीबाट महासचिव बेदुराम भूसाल, जनता समाजवादी पार्टीबाट राजेन्द्र श्रेष्ठ रहेका छन् ।


त्यस्तै जनमत पार्टीबाट अब्दुल खाँ लोकतान्त्रिक समाजवादी पार्टीबाट शरतसिंह भण्डारी, नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ र राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी रहेका छन् । जनमत पार्टीका नेता तथा मन्त्री अब्दुल खाँका अनुसार कार्यदलमा रहेका सदस्यले राष्ट्रपति निर्वाचनमा आआफ्नो पार्टीको जिम्मा लिनुपर्नेछ ।


२५ फागुनमा राष्ट्रपति निर्वाचन हुँदैछ ।  गठबन्धनमा रहेका आठ दलको साझा उमेदवार बनेका पौडेलको पक्षमा मत पार्न कार्यदल बनाएको हो ।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist