Latest
अर्को
Prev

राष्ट्रपति निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन गरिँदै

सेयर गर्नुहोस

काठमाडौ । राष्ट्रपति–उपराष्ट्रपति निर्वाचनमा कुल ५२ हजार ६२८ मतभार कायम रहेको आयोगले जनाएको छ। निर्वाचन आयोगले २५ फागुनमा हुने राष्ट्रपति र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि मतदाता टुंग्याएको छ ।


नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयले सोमबार मतदाता नामावली प्रकाशन गर्दै छ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा संघीय संसद् र प्रदेश सभाका सदस्य मतदाता हुन्छन् । आयोगले संघीय संसद् र प्रदेश सभा सचिवालयबाट कायम रहेका सदस्यको सूची मागेर मतदाता नामावली तयार पारेको हो ।


नामावली प्रकाशनपछि दाबी–विरोध गर्ने तथा नाम सच्याउन दुई दिनको समय दिइनेछ । १२ फागुनमा अन्तिम मतदाता नामावली प्रकाशन गरिने निर्वाचन अधिकृत महेश शर्मा पौड्यालले बताए । 


०७८ को जनगणनाको अन्तिम प्रतिवेदन सार्वजनिक नभएकाले ०६८ को जनगणनाकै मतभारका आधारमा राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन गर्ने निर्णय आयोगले गरेको छ । संघीय संसद्का तीन सय ३४ र प्रदेश सभाका पाँच सय ५० गरी कुल आठ सय ८४ मतदाता छन् । ०६८ को गणनाअनुसार संघको एक सदस्यको मतभार ७९ र प्रदेश सभा सदस्यको मतभार ४८ छ । 


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist