Latest
अर्को
Prev

आँबुखैरेनी गाउँपालिकाले दियाे आत्मरक्षा तालिम

सेयर गर्नुहोस

तनहूँ ।


आँबुखैरेनी गाउँपालिका कार्यालयले सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई  आत्मरक्षा तालिम प्रदान गरेको छ । सुतुकान कराँतेका मुख्य प्रशिक्षक जेबी रानाले गाउँपालिका भित्र संचालित सामुदायिक विद्यालयमा पुगेर छात्राका लागि तालिम दिन शुरु गरेका हुन् ।  पहिलो चरणमा छात्राको घनत्व भएका विद्यालयलाई प्राथामिकता दिएर प्रशिक्षण दिन थालिएको गाउँपालिकाले जनाएको   छ ।



यस आर्थिक बर्षका लागि गाउँपालिकाले पाँच लाख बजेट बिनियोजन गरी आँबुखैरेनीको रामशाह माध्यमिक विद्यालयबाट तालिम शुरु गरिएको अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।


समाजमा पछिल्लो समय अपराधिक क्रियाकलापका साथै बलात्कारका घट्ना बढ्दै जान थालेपछि आफ्नो जीवन रक्षाको लागि छात्रालाई सक्षम बनाउन आत्मरक्षक तालिम आवश्यक देखिएको उनले बताए । उक्त बजेटले पुगेसम्म विद्यालयमा पुगेर छात्रालाई तालिम प्रदान गरिने छ, उनले भने ।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist