Latest
अर्को
Prev

सबलाईन अंग्रेजी माध्यमिक विद्यालयकाे२७ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस

सेयर गर्नुहोस


सबलाईन अंग्रेजी माध्यमिक विद्यालयले स्थापनाको २७ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस अाइतवार सम्पन्र गरेकाे छ । बार्षिकोत्सवको अवसरमा आईतवार शिक्षक, अभिभावक र विद्यार्थीलाई पुरस्कार समेत वितरण गरेको छ ।  


पोखरा महानगरपालिका ७ स्थित माछापुच्छ्रे टोल रत्नचोकमा रहेको विद्यालयले पुरस्कार वितरणको अलावा विद्यार्थीमा अन्तर्निहीत प्रतिभा उजागर हुने ढङ्गबाट विभिन्न प्रकारका मनोरञ्जनात्मक, सिर्जनात्मक कार्यक्रमहरू समेत राखेको थियो ।


वार्षिकोत्सव कार्यक्रममा नेपालका लाेकदाेहरी गायक रामजी खाँण, घनश्याम रिजाल लगायतका कलाकारहरुले प्रस्तुती समेत दिनुभएको थियो । वार्षिकोत्सवको समाराेहकमा प्रमूख अतिथि शिक्षा विकास तथा समन्वय इकाइ समिति कास्कीका प्रमुख नारायणप्रसाद सुवेदीले वर्तमान समयमा प्रविधिको प्रयोग बढ्दै गएको बताउदै यसले अभिभावक बालबालिका युवावर्ग सबै प्रविधिको असल भन्दा खराब दुव्र्यसनीमा फसेको बताउनुभयो ।


साथै उहाँले वालवालिकालाई भौतिक सुविधाहरुले मात्र पर्याप्त नहुने बताउदै अभिभावकको माया ममता र समयको आवश्यकता पर्ने बताउनुभयो । उहाँले भन्नुभयो“अहिले प्रविधिको युग हो, प्रविधिको प्रयोग गर्नु राम्रो पनि हो तर अहिले बालबालिकादेख अभिभावक समेत प्रविधिको दुव्र्यसनीमा फसेको छ ।” सुवेदीले थप्नुभयो “सबै बालबालिका र अभिभावक भन्दिन तर अधिकांस दुव्र्यसनीमा फसिसकेका छन् ।” बालबालिकालाई अभिभावकले समय दिनुपर्ने बताउदै सुवेदीले भन्नुभयो “आफ्ना बालबालिकालाई समय दिन जरुरी छ, उसका कुराहरु सुनिदिने, उसले के गर्दै छ ? के पढ्दै छ ? यी यावत कुराहरुको जानकारी अभिभावकले लिनुपर्छ ।” 


कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष त्रिभुवन पराजुलीले विद्यार्थीहरुलाई सैद्धान्तिक ज्ञानको अलावा असल संस्कार सहितको व्यवहारिक क्षिक्षा प्रदान गरिरहेको बताउनुभयो । आफ्ना विद्यार्थीहरु विभिन्न प्रकारका प्रतिभा प्रस्फुटन सम्वन्धि प्रतियोगीता, कार्यक्रम र खेलकुदहरुमा नियमित सहभागी भई खरो रुपमा उत्रिनेगरेको बताउनुभयो । उहाँले भन्नुभयो “सबलाईन अंगे्रजी माध्यमिक विद्यालय बालबालिको असल संस्कार विकासमा प्रतिबद्ध छ । हाम्रा विद्यार्थीहरु विभिन्न ठाउँमा आयोजना हुने खेलकुद, प्रतिभा प्रस्फुटन जुनसुकै प्रतियोगीताहरुमा पनि खरो रुपमा उभिएका छन् ।” 


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist