Latest
अर्को
Prev

वीर अस्पतालमा बर्न वार्ड सञ्चालन गरिने निर्देशक डा .पौडेल

सेयर गर्नुहोस

काठमाडौँ ।


वीर अस्पतालले आगोले पोलेकाहरूको उपचारका लागि ‘बर्न वार्ड’ सञ्चालन गर्ने भएको छ । अस्पतालका नवनियुक्त कार्यकारी निर्देशक डा .सन्तोष पौडेलले तीन महिनाभित्रमा सो वार्ड सञ्चालनमा ल्याउने बताए ।


विसं २०७२ को भूकम्पले वार्ड रहेको भवन भत्किएपछि सेवा बन्द भएको थियो ।‘तीन महिनाभित्र बर्न वार्डसहित सघन उपचार कक्ष (आइसियु), शल्यक्रिया कक्ष हामीले सञ्चालन गर्ने छौँ’, उनले भने, ‘अब जलन भएका बिरामीको उपचार गर्नेछौँ ।’


अस्पतालले नयाँ भवनमा वार्ड सञ्चालन गर्ने छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले शुक्रबार डा पौडेललाई अस्पतालको कार्यकारी निर्देशकमा नियुक्त गरेका थिए ।यसअघि कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) को निमित्त कार्यकारी अधिकारीको जिम्मेवारी डा भूपेन्द्र बस्नेतले पाएका थिए ।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist