Latest
अर्को
Prev

पूर्वराजाद्वारा राजनीतिक दलसँग सहकार्यको प्रस्ताव

सेयर गर्नुहोस

काठमाडौँ ।


पूर्व राजा ज्ञानेन्द्र शाहले राजनीतिक दलहरूसँग सहकार्यको प्रस्ताव अघि सारेका छन् । देश जोगाउन प्रजातन्त्रको लागि अपरिहार्य राजनीतिक दलहरू र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यको लागि विलम्ब गर्न नहुने उनले बताएका हुन् ।



राष्ट्रिय प्रजातन्त्र दिवसको पूर्व सन्ध्या शुभकामना सन्देश जारी गर्दै शाहले नेपालको निरन्तर अधोगति प्रति अब आफू मौन रहन नसक्ने बताउँदै उनले पछिल्ला वर्षहरूमा देशको दीर्घकालीन शान्ति ,स्थिरता र अन्तर्राष्ट्रिय सम्मान र सार्वभौमिकतामा चिरा चिरा पर्न थालेको प्रति चिन्ता व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘राज्यसत्ताको बागडोर ज–जसका हातमा दोहोरिँदै तेहरिँदै आए पनि वा फेरिँदै बदलिँदै गए पनि हाम्रो विद्यमान राज्य व्यवस्थाले जनताको सुख, शान्ति र राष्ट्रले श्री समृद्धिमा कुनै गहन योगदान दिन सकेको देखिन्न ।’


आन्तरिक राजस्व कार्यालय, पोखरा - 1

सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist