Latest
अर्को
Prev

शिवरात्रीमा मुक्तीनाथ च्यवनधाममा भजन प्रतियोगिता हुने

सेयर गर्नुहोस

तनहुँ ५ फागुन।


शिवरात्रीमा मुत्तिनाथ च्यवनधाममा भजन प्रतियोगिता हुने भएको छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्वको अवसरमा तनहुँको धार्मिक स्थल मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाम गाछेपानीमा भजन प्रतियोगिता हुने भएको हो । भजनको संरक्षण र प्रर्वद्धन गर्ने उदेस्यले प्रतियोगिताको आयोजना गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अर्जुन लम्सालले जानकारी दिए । भजन प्रतियोगितामा प्रथम हुनेले  ५१ हजार, द्धितीय हुनेले ३६ हजार, तृतीय हुनेले २१ हजार र सान्त्वना हुनेले ५ हजार एक सय रुपैयाको साथमा प्रमाण पत्र प्राप्त गर्नेछन् ।


महाशिवरात्रि पर्वको अवसरमा सामुहिक ब्रतबन्ध, अखण्ड दिप प्रज्वलन, शिवध्वनी पुजन र विविध धार्मीक अनुष्ठान कार्यक्रम हुने भएको छ । साथै सोहि दिन वरिष्ट लोकदोहोरी तथा भजन गायक पुरुषेत्तम न्यौपाने र लोकदोहोरी गायिका शान्ति डोटेलको संगितिक प्रस्तुति रहनेछ । भक्तजनहरुका लागि धार्मिक स्थलको रुपमा विकास भएको च्यवनधाम परिसरमा १०८ धार, १०८ शिबलिङ्ग, १०८ वर पिपल, च्यवन गुम्बा, मोक्ष कुण्ड, वासुकी नाग स्थान लगायतका संरचनाहरु रहेको छ ।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist