Latest
अर्को
Prev

विकासशील राष्ट्रले गुणस्तरीय प्राबिधिक शिक्षामा विशेष जोड दिनुपर्छ-मन्त्री चुमान

सेयर गर्नुहोस

माघ-२६, पोखरा ।  गण्डकी प्रदेशका भौतिक पूर्वाधार बिकास तथा यातायात ब्यबस्था मन्त्री हरि बहादुर चुमानले विकासशील रास्ट्रले गुणस्तरीय प्राबिधिक शिक्षामा लागानी बढाउनुपर्ने बताउनुभएको छ ।


अखिल (क्रान्तिकारी) पश्चिमाञ्चल क्याम्पस, लामाचौरले आयोजना गरेको अविनास स्मृति वेलकम कप क्रिकेट प्रतियोगिताको समापन समारोहमा बोल्दै प्रमुख अतिथि चुमानले, प्राबिधिक धारको शिक्षामा लागानी बढाउदै आफ्नो देशलाई चाहिले दक्ष जनशक्ति देशमै उत्पादन गर्न सके नेपालको सम्बृदि तर्फको यात्रा छिटो गन्तव्यमा पुग्ने बताउनुभय। उहाँले, देशले खोजेको जस्तो जनशक्ति उत्पादन गर्ने तर्फ संघीय र प्रादेशिक सरकारले ध्यान दिनुपर्ने र गण्डकी प्रदेश सरकार त्यसमा लागिरहेको समेत बताउनुभयो ।


महान सहिदहरुको प्रेरणाले हामीलाई देश र जनताको कार्यमा समर्पित रहन उर्जा दिइरहनने बताउदै मन्त्री चुमानले, सहिद अविनास डाँगीको सम्झनामा हरेक साल क्रिकेट प्रतियोगिता संचालन गरेकोमा अखिल (क्रान्तिकारी) पश्चिमाञ्चल क्याम्पस कमिटीलाई धन्यबाद दिनुभयो l


कार्यक्रमा बोल्दै अखिल क्रान्तिकारीका केन्द्रीय सचिब नारायण बडालले देशमा बिषयगत बिश्वबिधालयहरुको आवश्यकता रहेको भन्दै अखिल क्रान्तिकारीले यो बिषय बहसमा ल्याईरहेको र छिट्टै यो सम्बन्धि नीतिगत ब्यबस्था हुने बिस्वास व्यक्त गर्नुभयो ।


अखिल (क्रान्तिकारी) पश्चिमाञ्चल क्याम्पसका पुर्व अध्यक्ष सहिद ओविराज डाँगी (अविनास) को स्मृतिमा अखिल (क्रान्तिकारी) पश्चिमाञ्चल क्याम्पसले हरेक बर्ष “वेलकम क्रिकेट प्रतियोगिता” गर्दै आईरहेको छ । डाँगीलाई तत्कालिन शाही नेपाली सेनाले २०५८ पुस ८ गते गिरफ्तार गरि हिरासतमै हत्या गरेको थियो ।


सो अवसरमा अविनास स्मृति वेलकम कप क्रिक्र्ट प्रतियोगिता २०७९ को पुरुष तर्फको बिजेता र उप- बिजेता साथै र महिला प्रतियोगिता तर्फका बिजेता.र उप- बिजेताहरु लाई प्रमाणपत्र,मेडल र ट्रफी प्रदान गरिएको थियो ।


कार्यक्रमको सभापतित्व अखिल (क्रान्तिकारी) पश्चिमाञ्चल क्याम्पसका अध्यक्ष हरेन्द्र सिंह धामी (बबी) र संचालन सचिब बासु देब पौडेलले गर्नुभएको थियो ।



सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist