Latest
अर्को
Prev

टाइगर कप भलिबलको उपाधि गण्डकी प्रदेशलाई(तस्बिरहरु)

सेयर गर्नुहोस

१३ माघ, पोखरा ।  विभागीय नेपाल एपिएफ क्लबको चुनौती पन्छाउँदै घरेलु टोली गण्डकी प्रदेश तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ च्याम्पियन बनेको छ ।


घरेलु टोली गण्डकीले एपिएफलाई ३–२ को सेटमा पराजित गर्दै दोस्रोपटक च्याम्पियन बन्न सफल भएको हो । गण्डकी पहिलो संस्करणपछि उपाधि जित्न सफल भएको हो । गण्डकीले पहिलो संस्करणमा आर्मीलाई पराजित गर्दै उपाधि जितेको हो ।


पोखरा रंगशालास्थित भलिबल कोर्टमा शनिबार भएको फाइनलको पहिलो सेट गण्डकीले १६–२५ ले गुमाएको थियो । त्यसपछि गण्डकीले सानदार प्रदर्शन गर्दै जित्न सफल भयो । गण्डकीले दोस्रो सेटमा २५–१८ को जित निकाल्दा तेस्रो सेटमा २५–१९ ले विजयी हुन सफल भयो ।


चौथो सेटमा गण्डकी १७–१४ ले अघि रहँदा समर्थकहरुले एपिएफका खेलाडीलाई बोतल प्रहार गरेपछि खेल केहीवेर रोकिन पुगेको थियो । त्यसपछि खेल सुचारु हुँदा रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलमा एपिएफ २८–२६ ले विजयी हुन सफल भयो ।


निर्णायक तथा पाँचौ सेटमा ब्लकबाटै ५ अंक बटुलेपछि गण्डकीले १५–८ ले आफ्नो पक्षमा पार्दै च्याम्पियन बन्न सफल भयो ।


गण्डकीसँगको हारसँगै एपिएफको अपराजित रहेर च्याम्पियन बन्ने सपना सकिएको छ । एपिएफले पाँच खेलसम्म अपराजित रहेको थियो ।


च्याम्पियन बनेसँगै गण्डकीले ५ लाख रुपैयाँ प्राप्त गरेको छ । दोस्रो भएको एपिएफले २ लाख ५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।पुरुषतर्फ आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै पुलिसले तेस्रो स्थान हासिल गरिसकेको छ । पुलिसले १ लाख २५ हजार रुपैया तथा चौथो भएको आर्मीले ६५ हजार रुपैयाँ प्राप्त गरेको छ ।


टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ ८ गतेबाट शुरु भएको प्रतियोगितामा महिलातर्फ ४ र पुरुषतर्फ ५ टोलीको सहभागिता रहेको थियो । महिलातर्फ एपिएफ, आर्मी, डायमण्ड र गण्डकी तथा पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, सेन्ट जोसेफ वाज स्पोर्टस् क्लब श्रीलंका, नेपाल पुलिस, एपिएफ र गण्डकी प्रदेश गरी ५ टोलीको सहभागिता रहेको थियो ।


पहिलो संस्करणमा पुरुषतर्फ गण्डकी र महिलामा पुलिस तथा दोस्रो संस्करणमा महिलातर्फ एपिएफ र पुरुषतर्फ आर्मी च्याम्पियन बनेको थियो ।

हेर्नुहोस तस्बिरहरु:-


तस्बिर श्रोत:- सुदर्शन रञ्‍जित, पोखरा


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist