Latest
अर्को
Prev

पोखरा १२ मा महिलाहरूकाे पाठेघर र स्तन क्यान्सरको परीक्षण

सेयर गर्नुहोस

पाेखरा १४ माघ ।



पोखरा महानगरपालिका वडा नम्वर १२ र नेपाल नर्सिङ संघ कास्कीको संयुक्त आयोजनामा महिलाको पाठेघर ‘र स्तन क्यान्सरको परीक्षण गरिएको छ । शनिवार वडा कार्यालयले एक दिने स्वास्थ्य शिविर र सचेतना कार्यक्रम संचालन गरेको हो । शिविरमा ३० वर्षभन्दा माथिका महिलाहरुले स्वास्थ्य परीक्षण गराएका थिए ।


वडा कार्यालय परिसरमा शिविर संचालन गरिएको वडाध्यक्ष सन्तोष वास्तोलाले बताए । ‘घरदैलोमै स्वास्थ्य सेवा दिने उदेस्यले शिविर संचालन गरिएको हो । पछिल्लो समय महिलाहरुले परीक्षण गर्न लाज मान्ने तथा रोग लुकाएर बस्ने पनि पाइएको छ । त्यस्ता महिलाहरुका लागि सहयोग पुगोस् भन्ने उदेस्यले पाठेघर र स्तन क्यान्सरको परीक्षण वडामै मिलाएका हौ,’ उनले भने । 



शिविरले स्थानीय लाभान्वित भएका छन् । एक दिने शिविरमा प्रोजेक्टरमार्फत पुजा भण्डारीले सचेतना कार्यक्रमको प्रस्तुती गरेकी थिइन् । स्थानीयको सहजताका लागि वडामै गरिएको स्वास्थ्य शिविरले स्थानीय लाभान्वित भएको नेपाल नर्सिङ संघ कास्कीका अध्यक्ष मुना सिलवालले बताइन् ।



पछिल्लो समय महिलाहरु उपचार गराउन लाज मान्ने, डराउने भएकाले पनि पाठेघरको समस्या बढ्दै गएको हो । महिलाहरुको रोगको उपचारको लागि वडा कार्यालयले शिविर संचालन गरेर परीक्षणमा सघाउ पुगेको कार्यक्रम संचालिका मिनु श्रेष्ठले बताइन् ।


शिविरमा शहरी स्वास्थ्य केन्द्रका कर्मचारीहरुले सहजीकरण गरेका थिए । यस्ता खालका शिविरहरु समयसमयमा संचालन गर्न सके न्युनीकरणमा सहयोग पुग्ने वडाध्यक्ष वास्तोलाले बताए


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist