तनहुँ माघ ३
नेपाली काग्रेसका नेता एवं प्रतिनिधि सभाका सांसद प्रदीप पौडेलले शुक्लागण्डकी नगरपालिकामा सेवा प्रवाह केन्द्रको अवलोकन गरेका छन् । मंगलबार तनहुँको शुक्लागण्डकी नगरपालिकाको सेवा प्रवाह केन्द्र संचालनको अवलोकन तथा निरिक्षण गर्न पुगेका पौडेलले सर्वसाधारणले लिएर आएका कामको सहज ढंगबाट सेवा दिएर सहजीकरण गर्न कर्मचारीलाई आग्रह गरेका हुन् ।
उनले अहिले पनि जनताको काम सहज तरीकाले नभएको हुँदा त्यस्ता प्रविर्तिलाई चिर्दै सर्वसाधारणको हितमा काम गर्न आग्रह गरे । उनले भने, ‘सेवा प्रवाह केन्दले सर्वसाधारणलाई सहज भएको अनुभुति दिलाउने गरी काम गर्नुृस् जसले गर्दा अन्यत्रको नगरपालिकाले पनि यहाँको कामको प्रसंसा गर्दै यही नीति अवलम्वन गरोस् ।’
नगरपालिकाले सेवा प्रवाह केन्द्र स्थापना गरेपछि सेवाग्राहीलाई कोठाकोठा चाहार्नुृपर्ने बाध्यता हटेको छ । त्यस्तै नगरपालिकाले सर्वसाधारणलाई सहज हुने गरी पारदर्शी भित्तो समेत खडा गरेको प्रमुख प्रशासकीय अधिकृत लिलाबल्लभ न्यौपानेले बताए । नेता पाैडेललाइ नगरपालिकाका प्रमूख कृष्णराज पण्डित, उप- प्रमूख खुम वहादुर वि.क (राजु) लगायतले स्वागत गरदै सेवा प्रवाहकाे वारेमा जानकारी गराएका थिए ।,