पोखरा माघ १ ।
आइताबर पोखरामा दुर्घटनामा परेको यति एयरलाइन्सको विमानमा सवार चार जनाको अवस्था अझै अज्ञात छ। विमानमा सवारमध्ये ६८ जनाको शव प्राप्त भइसके पनि बाँकी चार जनाको खोजी भइरहेको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए।
खोजीका लागि सशस्त्रको गोताखोर परिचालन भइरहेको जानकारी दिँदै उनले खोजीका लागि रात्रिकालीन बत्तीको व्यवस्था गरिएको बताए। उनका अनुसार हालसम्म ४४ वटा शव गण्डकी हस्पिटल पठाइसकिएको छ।
भेटिएका शवमध्ये पोखरा र आसपासका व्यक्तिको यहीँ नै आफन्तलाई जिम्मा लगाइनेछ। काठमाडौँका शव उतै आफन्तलाई बुझाउने गरी पठाउने तयारी भयको उनले बताए। सेती नदीको अप्ठ्यारो खोँचमा रहेका केही शव निकाल्नका लागि क्रेनको प्रयोग भइरहेको छ।