Latest
अर्को
Prev

देशमै बस्न र परिश्रम गर्न प्रेरित गर्ने शंकर पन्तको “किसानी”

सेयर गर्नुहोस

गाउँकै बारि खन्छु बरु बिदेश जानु भन्दा,


बाझै बारि खनेपछी फल्छन काउली बन्दा,


सरकारले’नी सहुलियतमा दिएकैछ रिन,


भैंसी बाख्रा पालम्ला’नी बिदेश जानी किन?


म त किसानी,


किन बेच्नी पसिना,किन बिदेस जानी?


दुखै गरि खानी बरु दुखै गरि खानी!!!!


लोक दोहोरी गायक शंकर पन्तको “किशानी” नामक गत सार्वजनिक भएको छ । पन्तले आफ्नै लय र शब्दमा सुनिता बुढा क्षेत्रीलाई आवाजमा साथ लिएर सो गीत सार्वजनिक गरेका हुन् ।


‘म त हजुर गाम्ले’ बोलको गीतमा गाउले किसानका दुख सुख प्रस्तुत गरेर चर्चा कमाएका पन्तले ‘किशानी’ गीतमा देशमै बसेर परिश्रम गर्नुपर्छ भन्ने संदेश गित मार्फत दिएका छन्l गीतमा गायक पन्त, अनु पराजुली र अन्य स्थानीय कलाकारहरुको अभिनय देख्न पाइन्छ ।गितको तनहुँको आबुँखरैनी, शुक्लागण्डकी लगायतको स्थानमा छयांकन गरिएको छ । जिरी भण्डारीद्धारा निर्देशित उक्त गीतमा समग्र कृषिको सम्भावना र अवसरलाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ ।


२०६८ साल देखी निरन्तर नेपाली गीत संगीतको क्षेत्रमा लागेका गायक पन्तको यसअघि म त हजुर गाम्ले, तनहुँ जामुने, पृथ्वीनै हल्लिएको हो लगायतका गीत बजारमा आइसकेका छन् ।


आबुँखरैनी गाउँपालिकाको आर्थिक सहयोग समेत रहेको उक्त गीत लायन्स क्लब अफ शुक्लागण्डकीले आबुखैरेनीमा एक कार्यक्रमका बीच विमोचन गरेको हो ।


पछिल्लो समय संदेशमुलक र जनतालाई परिश्रम गर्न प्रेरित गर्ने लोक लयका गीतहरुको गीतहरुको खडेरी लागेको बेलामा पन्तको यो गीतले अर्थपूर्ण चर्चा पाउने आशा गरिएको छ। चर्चा पाउँ र ट्रेन्डीङ्मा आउँन भन्दा समाज र युवाहरुलाई केहि शिक्षा र संदेश दिनको लागी यो गित तयार पारेको पन्त बताउछन ।

हेर्नुहोस गीत:-


आन्तरिक राजस्व कार्यालय, पोखरा - 1

सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist