पोखरा पुष २५ ।
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त भएका छन् ।संविधानको धारा १६८(२) बमोजिम प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । अधिकारीले गठबन्धनका तर्फबाट ३३ जना सांसदको समर्थनसहित प्रदेश प्रमुख गुरुङसमक्ष मुख्यमन्त्री दाबी पेस गर्नुभएको थियो । यसअघि पुस २१ गते प्रदेश प्रमुखले मुख्यमन्त्रीका लागि आह्वान गर्नुभएको थियो ।
अधिकारीलाई नेकपा(एमाले)का २२, माओवादी केन्द्रका आठ, राप्रपाका दुई र स्वतन्त्र एक जनाको समर्थन छ । नवनियुक्त मुख्यमन्त्री अधिकारीले आज साँझ प्रदेश प्रमुख समक्ष पद तथा गोपनियताको सपथ लिनुहुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।