काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को मन्त्रिपरिषदमा तीन जना उपप्रधानमन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन्।
एमाले उपाध्यक्ष विष्णु पौडेल, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपप्रधानमन्त्रीको रूपमा शपथ लिएका हुन्।
पौडेल उपप्रधानसहित अर्थ, लामिछानेले उपप्रधानसहित गृह र श्रेष्ठले उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको शपथ लिएका हुन्। याे सगै दहाल नेतृत्वकाे सरकारमा उपप्रधानमन्त्रीकाे संख्या तिन पुगेकाे छ ।