काठमाडौँ । प्रधानमन्त्रीमा दाबी पेस गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शीतल निवास पुगेका छन् । सरकार निर्माणमा दाबी गर्न नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहितका दलका नेताहरू राष्ट्रपति कार्यालय शीतल निवास पुगेका हुन् ।
माओवादी केन्द्रका अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव सहित प्रतिनिधिसभाका बहुमत सदस्यहरूको पत्र दर्ता भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
माओवादी केन्द्र सहित एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीका सांसदहरूको हस्ताक्षर सहितको पत्र आइपुगेको छ भने जनता समाजवादी पार्टीको पत्रको केहीबेरमा आई पुग्दै छ ।