किन गरीन्छ त कुनै रमाईलाे कार्यमा वा मुख्य गरी कुनै पेय पदार्थ पिउनु अगाडी चियर्स ? यसबारे कुनै एउटा प्रमाणित तथ्य भने अहिलेसम्म पाउन सकिएकाे भने छैन । चियर्स गर्ने चलनका बारेमा धेरैथरीका मान्यताहरु पाइन्छन् ।
बरु सितन बिर्सिएला तर रक्सी खाँदा चियर्स गर्न भने बिर्सिइन्न । हरेकपल्ट साथीभाई बसेर रक्सी खाँदा हाेस् वा कुनै पेय पदार्थ पिउनु अगाडी हाेस् पहिलो घुट्को (सिप) गर्नु अगाडि बोलिन शब्द हो- ‘चियर्स’ ।
तर यो चियर्स शब्दको अर्थ के होला त ? यो कुरा भने कमैलाइ थाहा छ ।
रक्सी खाँदा सँगै बसेकारुले गिलास हातमा उठाएर चियर्स भन्ने गर्दछन् । तर चियर्स भनिसकेपछि एक घुटको नपिईकन त्यत्तिकै भूईमा राख्नुहुन्न भन्ने मान्यता छ । चियर्स गर्ने चलनका बारेमा धेरैथरीका मान्यताहरु पाइन्छन् । एउटा चर्चित भनाईमा दुश्मन सेनाहरुको छलबाट जोगिन चियर्स गर्ने चलन चलेको हो ।
यो कथन अनुसार, घुमन्ते फिरन्तेयुगबाट कृषि युगमा संक्रमणको चरणमा कबिला, सामन्तहरुका बीच निकै युद्ध चर्किने गर्दथे ।
यी युद्धहरु सम्झौतामा टुंगिने बेला दुबै पक्ष कुनै चौरमा बसेर सम्झौता भोज गर्ने गर्दथे । यसरी सम्झौता गर्दा वल्लो छेउमा बसेकाहरुले उपहारस्वरुप उतापट्टि ठूलो कचौरामा रक्सी पठाउने गर्थे ।
तर कहिलेकाहिँ युद्धको नियमलाई उल्लंघन गर्दै कुनै पक्षले रक्सीमा विष मिसाउने गर्ने समेत गर्थे । जसले गर्दा एकपक्षको सेनापति मर्ने अवस्था हुन्थ्यो ।
यो स्थिति देखिएपछि पछि गएर दुबै सेनापतिहरु सँगै बस्ने, दुबै कचौराको रक्सी एक अर्कामा पोखिने गरी जोडले एक अर्कामा ठोक्काउने र त्यसपछि एक घुट्को सेवन गरेर मात्रै तल राख्ने चलन चल्यो । यसो गरेको खण्डमा यदि विष नै मिलाएको भएपनि दुबै पक्ष मर्ने सम्भावना रहन्थ्यो ।
तर केहीले भने यसरी चियर्सको चलन चलेको स्वीकार्दैनन् । चियर्सको शाब्दिक अर्थ मुखमुद्रा हो । अर्थात् हामीले हाम्रो मुहारको मुद्रा राम्रो, हँसिलो बनाउनुलाई चियर्स भनिन्छ । पछि मध्यकालिन युगमा आईपुग्दा चियर्स निकै सम्मानित र प्रचलित चलन बन्न पुग्यो ।
राजा महाराजाहरुका लागि को सँग चियर्स गर्ने, कसरी गर्ने कुरामा समेत नियम र संस्कारहरु बने । प्राचिन रोममा इसापूर्व ४५० वर्षमा पहिलोपटक चियर्स गरेको रेकर्ड भेटिएको एउटा पुस्तकमा उल्लेख छ ।
मध्यकालमा चियर्सलाई सम्मानको रुपमा लिइने र कुनै व्यक्तिलाई सजाय दिँदा चियर्स गर्न नपाईने सम्मको सजाय दिइने गरिन्थ्यो ।
१७ औं र १८ औं शताब्दीमा त चियर्स गर्ने परम्परा यति प्रचलित भयो कि पार्टीमा सबैलाई समानरुपमा चियर्स गर्न पाइएन भने त्यसले ठूलो झगडाहरु समेत निम्त्याए ।
सबैलाई समानरुपमा चियर्स गर्न दिए त्यो समान सम्मान गरेको प्रतिक समेत मानियो । ग्रीक कवि इयुबुलुसले प्राचिनकालमा रक्सीका बारेमा राम्रोसँग आफ्नो पुस्तकमा यसबारे वर्णन गरेका छन्
मदिरा ( श्याम्पेन या निगार/वाइन )पिउने समयमा कसैको नाम लिन या कल्याणको चाहना गर्नु या स्वास्थ्य तथा शुभकामनाको लागि मदिरा पिउनको लागि गिलास (प्याला) छुनुलाई अंग्रेजीमा टोस्टिंग भन्ने गरिन्छ ।
टोस्ट भनेको एक रीत हो जसमा पेयपदार्थलाई सम्मान वा सद्भावनाको अभिव्यक्तिको रूपमा लिइन्छ। यो शब्द व्यक्ति वा चीजलाई यथोचित सम्मान गर्न, पेय लिएको, वा पेयको साथ मौखिक अभिव्यक्तिमा लागू हुन सक्छ। तसर्थ, एक कुनै व्यक्ति “साँझको टोस्ट” हुन सक्दछ, जसको लागि कसैले बधाई दिन “टोस्ट प्रस्ताव गर्दछ” र जसको लागि तेस्रो व्यक्तिले सहमति गर्दै “टोस्ट” गर्दछन ।
टोस्ट गर्दा अर्थात् मदिराको गिलास छुँदा या जुधाउदा के के कुरामा ध्यान दिने त?
-टोस्ट गर्दा अर्थात् मदिराको गिलास छुँदा या जुधाउदा विश्वासको संकेतको रूपमा आँखाको सम्पर्क कायम राख्नु महत्त्वपूर्ण छ। अर्थात् आई कन्ट्याक हुन् जरुरी हुन्छ ।
-परम्परागत रूपमा, जस्ले आतिथ्यता (होस्ट) गर्छ उसले पहिलो निगार (वाइन )या स्याम्पेनको गिलास जुधाउछ । अर्थात् अंग्रेजीमा टोस्ट गर्छ । हातमा निगार या मदिरा लिएकाले आयोजना गर्नेले प्रस्ताव गर्दछ। साथीहरूसँग मेच र टेबलको वरिपरि या उभिएर भएता पनि आतिथ्यले पहिलो टोस्ट(प्याला छुवाउने ) प्रस्ताव प्राय: गर्छन र गर्नु पर्छ ।सामान्यतया सबैलाई जम्मा गर्न आतिथ्यले धन्यवाद दिन लागि यसो गर्ने चलन गर्छन ।
-प्याला जुधाउनु अघि नै सबै गिलास भरिएको छ या छैन भने निश्चित गर्नु पर्दछ । उपस्थित भएका अतिथि या समूहलाई ध्यानाकर्षण गर्न मदिरा नपिउनेको लागि फलफुलको रस ,पानी या अन्य हल्का पेय पदार्थहरु तयार बनाउनु पर्छ । उनीहरु त्यो उठाएर जुधाउन सक्दछन । अथवा टाडाबाट आतिथ्यले उक्त कुरा गर्नु अगाडी भीडको ध्यान आकर्षण गर्नुपर्दछ ।
-तपाई आतिथ्य हो भने आफै सुरुमा नपिउनु होस् । यदि आतिथ्यले तपाईको सम्मानमा टोस्ट प्रस्ताव गरेको छ भने, तपाई गिलास नउठाउनु होस् र सबैले उक्त हातमा लिएको मादक पदार्थ चुस्की नपिउञ्जेल र उनीहरूले टेबलमा नराखुन्जेल आफू नपिउनु होस् ।
-जब समूह टोस्टमा भाग लिन्छ र आफुले कुनै पेयपदार्थ फेला पार्नु हुन्न भने पनि केवल तपाईंको गिलास अगाडी बढाउनुहोस् । पेय पदार्थ पिउने बहाना गर्नुहोस्। बसेर या उभिएर गर्दा पनि हुन्छ तर स्वाभाविक हुनु पर्छ ।यदि रात्री भोजन अगावै यसो गरिन्छ भने आतिथ्यले उठ्न चाहना गर्न पनि सक्छन । आतिथ्यले सबैलाई उठ्न आग्रह गर्न पनि सक्छन या अपबादमा भन्न पनि सक्छन । अतिथिले उठी रहनु पर्ने भन्ने चाही हुदैन ।
-आतिथ्यले सबैको ध्यान आकर्षण गर्नको लागि गिलासको किनारा(मूनि )मा नठोक्नु होस् । केवल उठ्नुहोस् र भन्नुहोस्, “टोस्टको लागि समय”अर्थात् प्यालाको मूनि कहिले पनि नठोक्नुस ।
-तपाईले गिलासलाई आफ्नो पाहुना तर्फ झुकाउनु पर्नेछ। निश्चित गर्नुहोस् कि तपाईंले आफ्नो गिलासलाई सही कोणमा समात्नु जान्नु पर्छ । शीशाको सौन्दर्य यो हो कि यसले न्यून सम्पर्कको साथ पनि कोमल छोटो बज्ने (क्लिंक)आवाज उत्पादन गर्दछ। यस्तो अवस्थामा कोमल हात प्रयोग गर्नु होस् । तपाईले आफ्नो गिलासको माथिल्लो भाग तपाईको अतिथिको गिलासको माथिल्लो भाग संग हल्का र नरम रुपमा छुनु पर्छ । जसको कारण यसले फुट्ने या टुट्ने जोखिम कम गर्दछ। तर यसले एक रमणीय ध्वनि उत्पन्न गर्दछ ।
-तपाईको गिलासमा सहि मात्रामा वाइन या श्यामपेन हुनु पर्छ । र ,उक्त प्यालामा एक तिहाइ भन्दा बढी हुनु हुदैन । यस्तोमा सुन्दर आवाज आउदछ । त्यो भन्दा ज्यादा भयो भने आवाज आउदैन ।
श्रोत :गुगल खोज/बिभिन्न पत्र पत्रिका